के हामी पर्यटन बर्ष २०२० को लागी तयार छौ त?

नबिन बिक , चीन २०७६ भदौ २८ गते १४:३९ मा प्रकाशित

नबिन बिक , चीन । नेपाल सरकारले भ्रमण बर्ष २०२० घोषणा गरेर , बर्ष २०२० मा २० लाख पर्यटन भित्र्याउने महत्वकांक्षी लक्ष्य लिएर करोडौ खर्च गरेर बिभिन्न कार्यक्रम गर्दै र बिभिन्न संघ संस्था गुहार्दै हिडेको छ। एनआरएनएले पनि जोड़ तोडका साथ ठुलो प्रचार प्रसार गरेका छन, पर्यटन भित्र्याएर देशको आम्दानी बढाउनु राम्रो कुरा हो तर २० लाख पर्यटनलाई सेवा दिन सकिन्छ कि सकिदैन ?

हाम्रो स्रोत र साधन पर्याप्त छन कि छैनन भन्ने कुरा सम्बन्धित निकायले कहिल्यै सुक्ष्म अध्यन गरेको छ कि छैन ? नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयले हचुवाको भरमा यस्ता कार्यक्रम गर्दा देशलाई दुरगामी असर पर्नजान्छ । २० लाख पर्यटनको अर्थ प्रतिदिन ५४८० पर्यटन, अहिले हामी संग एउटा मात्रै अन्तराष्ट्रीय हवाई अड्डा भएको कारणले, बिमान स्थलको चापले पर्यटनलाई कस्तो सेवा र सुबिधा दिन सकिएला ?

५४८० बिदेसी नागरिक मात्रै भए , नेपाली पनि १०००-२००० जना प्रति दिन नेपाल आउने र जाने गर्छन, नेपाली र बिदेसी दुबै गर्दा दिनमा ६५०० देखी ७००० यात्रुलाई सेवा दिनु पर्ने हुन्छ, दिनमा १५ घन्टा सेवा दिए पनि ५०० जना प्रति घन्टा सेवा दिनु पर्छ, यत्रो यात्रुलाई अहिलेकै संरचना र म्यानपावरले अध्यागमन देखी ब्यागेज ह्यान्डलिङ सम्मको सेवा दिन सक्षम छ? अहिले पनि २-३ वटा जहाज एकै साथ ओर्लीए भने अध्यागमन र ब्यागेज कलेक्टीङ बेल्टमा यस्तो अस्त ब्यस्त हुन्छ जुन म शब्दमा बर्णन गर्न सक्दिन, ट्रली पनि पाईदैन, अहिलेको ट्रली समेत खासै राम्रो राम्रो अवस्थामा पनि छैनन, यात्रु झरे पछि सार्बजनिक यातायातका साधनहरु के कस्ता ब्यबस्था गरिएका छन?

सरकारको लक्ष्य अनुसार पर्यटन आएमा प्रति मिनेट ९ वटा ट्याक्सी ब्यबस्था गर्नुपर्ने हुन्छ, के यो सब गर्न सरकार सक्षम छ? चाईनिजहरु संख्यात्मक हिसाबले धेरै आउने छन उनीहरुको सजीलोको लागी अध्यागमन र बोर्रडीङ पास लिने काउन्टरमा र बिभिन्न टुरिष्ट क्षेत्रमा कति दोभाषेको ब्यबस्था गरिएको छ? ल मानौ प्रयटकहरु दुख सुख गरेर लत्रिदै घिस्रिदै ठगिदै होटल सम्म पुगे, उनीहरु उपत्यकामा जाने भनेकै ठमेल, पाटन कृष्ण मन्दिर , भक्तपुर,नगरकोट जस्ता ठाउहरु हुन, यी ठाउहरुमा फोहोरको डुंगुर ,खाल्टो, हिलो , बुङबुङ्ती धुलो उडने बाटोको के कस्ता हल र सामाधान खोजीएको छ? तपाई एक चोटी नगरकोट जानु भयो भने, त्यहाको खाल्टोमा गाडी ले थेचार्दै थेचार्दै लैजादा र बाटोमा उडेको धुलोले मान्छे २-४ चोटी नछादी नगरकोट पुग्न सक्दैन, नगरकोट भनेको भ्यालीको हिमाल र सुर्योदय हेर्र्ने मुख्य पर्यटन गन्तब्य हो ।

तर त्यहा एकचोटी गएको आफु फेरी फर्किने त कुरै छाडौ त्यहा जानी पर्यटकले आफ्नो साथीहरु र देशबासीलाई पनि नेपाल जानी सल्लाह दिदैन,

काठमाडौमा कति सार्बजनिक शौचालय बनाईएको छ? काठमांडौको फोहोर ब्यबस्थापन र सरसफाईमा के कस्ता कदम चालिएको छ, कोही पर्यटन नेपाल किन आउने ? के हामी संग एउटा मात्र पनि गतिलो जवाफ छ ?अतिथि देवो भब: को नारााले मात्रै टुरिस्ट आउदैनन, मान्छे घुम्न र रमाईलो गर्न नेपाल आउने हुन, टुरिस्टको मनोरन्जनको लागी के कस्ता साधन र ठाउहरुको ब्यबस्था गरिएको छ ?

तपाई मान्नुस नमान्नुस म एउटा तितो सत्य भन्न चाहन्छु, एक ताका नेपालमा भारत बाट अनगिन्ति भारतीय क्यासीनो टुरिष्टहरु आउथे, नेपालका क्यासिनो सबै उनीहरुकै भरमा चलेको थियो, उनिहरुको मुख्य आकर्षक भनेकै क्यासीनोमा पाईने राम्रा दारु र राम्री पारु नै थिए ।

कुनै पनि पुरुष टुरिष्ट जब कुनै नया ठाउ जान्छ तब उसको पहिलो खोजी भनेकै दारु र पारु नै हुन्छ, राम्रो नाईट क्लब कहा छ? राम्री तरुनी कहा पाईन्छ भनेर नै बुझ्ने गर्छ, मैले भनेका कुरा झट्ट सुन्दा अलि अपाच्य लागे पनि सत्य यही हो , जब जब वर्ल्ड कप हुन्छ तब तब आयोजक देशले लाखौ सेक्स वर्करलाई प्रोत्साहन गरेर आफ्नो देशमा आउने र वर्ल्ड कप हेर्न आउने टुरिष्टलाई मनोरन्जनको बाताबरण बनाएका हुन्छन ।

के हामी पनि एक कदम अघि बढेर त्यस्ता सुबिधाहरु दिने बारे सोच्न र बहस गर्न तयार छौ कि छैनौ ? नेपालमा २४ सै घन्टा खुल्ने निश्चित मनोरन्जन क्षेत्रको ब्यबस्था गरेका छौ की छैनौ? दिनमा बिश्वकै एक सिंगे गैंडा, हिमाल र सुन्दर प्रकृति र स्वच्छ हावा को आन्नद लिए पनि नाईट लाईफ पनि टुरिष्टको अभिन्न अंग हो ।

आज थाईल्यान्डको मुख्य आयश्रोत के हो , कसरी थाईल्यान्डको अर्थतन्त्रले बिशाल फड्को मारेको छ ? थाईल्यान्डले माथी उठाईएका सुबिधाहरुमा उदारवादी सोच राखेकै कारण आज पर्यटन जगतमा बिशाल फड्को मारेको छ, यता पनि यस्ता सुबिधा र पर्यटन मुखी सोच र बिचार गरेर सेवा र सुबिधा बढाउने की ?

मैले केही दिन अघि पत्रिकामा पढेको थिए कि भिजिट बर्ष २०२० को लागी सरकारले डेढ अर्ब रुपिया छुट्याईएको रहिछ, यो रकम कमिसन रहित पबित्र उधेस्यले खर्चगरेमा काठमाडौ भ्यालीका सबै खाल्डा खुल्डी पिच गरेरै पुर्न र सरसफाई र फोहोर ब्यबस्थापन गर्न मज्जा संग पुग्छ ।

हामीले अरु केही नगरे पनि बाटोहरु केवल खाल्डा खुल्डी पुरेर धुलो नउडने बनाई दिए र काठमाडौको फोहोर लाई सही ब्यबस्थापन गरे मात्रै पनि टुरिष्टको लर्को लागेर आउछन नत्र भने नेपालमा आउने पर्यटनलाई स्वागत स्वरुप एयरपोर्टमै भिजिट नेपाल २०२० को लोगो अंकित माक्स बाँडेर सुरुवात गर्नु पर्ने हुन्छ । भिजिट नेपाल २०२० केवल सरकारी बजेट पचाउने सफल नारा मात्र नबनेर ब्यबसायीक रुपमा पनि सफल बनोस , यही नै नेपाल सरकारलाई सुभ कामना।

प्रतिक्रिया