यसरी नै जनता चुपचापमा बस्ने र यहि अवस्था हो भने नेपाल देश रहदैन

–रूपेश कार्की (बद्रि प्रयाश ) २०७५ चैत १७ गते १२:१९ मा प्रकाशित

इतिहास र कालखण्ड एकचोटी पल्टाएर हेर्ने हो भने विश्वको ब्रमाण्डमै राज गर्ने देश,विश्वकै पहिलो सविधान “मनुस्मृति”बनेको देश हो नेपाल जुन सविधान देवताको पालामा बनेको थियो। जहाँ प्राकृतिक सौन्र्दयताले भरिपूूर्ण, जलस्रोतको दोस्रो धनी, जडिवुटिमा अग्रस्थानमा रहेको र स्रोतमा प्रचुलमात्रमा सम्भावना बोकेको र भएको देशले आज नाजुक अवस्थामा रहेको छ। जहाँ विश्वका अग्रस्थानका व्यतिm गौतमबुद्घ, सिता, भृकुटी आदिको जन्मस्थानमा आज बुद्घिको अनिकाल र खडेरी भएको छ ।

नेपालमा धेरै कथित राजनितिक परिर्वतनहरु भए र जनताले दुःःखमात्र पाए तर सवै विदेशीका भरिया,दलालका पात्रमात्र बने। समाज बदल्न भनेर राजनितिकमा आएका वा राजनितिकमा लागेका राजनितिज्ञहरू आफै बदलिए र सोझा जनतालाई छलकपट गरेर राष्ट्रलाई नै “बार्गेनिङ ” गरिराछन । बेच्न मिल्ने सम्म त सबै बेचीसकेका छन बाकी नेपाल भन्ने नाम मात्रको बेच्न बाकी छ। अरू त सम्पूर्ण बुझाईसकेका छन। यो कुरा जनतालाई प्रस्ट थाहा छ तर पनि तै चुप मै चुपमा छन। नेपालमा राजनितिक भनेको अर्को भता पचाउन, कुर्सीलोभमा,पदको निम्ति,राष्ट्र बेच्न, राष्ट्रका स्रोत र साधन बेच्नको लागि,राष्ट्रको ढुकुटी सक्न र राष्ट्रलाई टुक्रा–टुक्रा बनाई नवराजा बन्न लागि मात्र राजनितिक गरेका हुन। सर्वहारावर्गको निम्ति कदापि राजनितिक गरेका होइन्न। देशमा चाहिएको अनुसारको र जनताले चाहेजस्तो राजनितिक र राजनितिज्ञ त आउन बाकी नै छ।

यहाँ देश रहनेकी नरहने भन्ने कुरामा शंका छ। यति रामो देश आज कसैको अपराध गर्ने थलो वा युद्घगर्ने मैदान बनिराखेको छ नेताहरु भने सिआर्ईए र रअ को खेलमा परि चर्लुम डुबेका छन । देश कसैको ढाल बनेको छ। यहि हालत हो नेपाल कि भेदनाम,कि सिरिया, कि त अफगानस्तान बन्ने कुरामा कुनै शंका छैन। अनि नेपालीले पनि त्यहाँकै जनताले जस्तै दुःख,कष्टकर र पिडादायिक जीवन ज्यून बाध्य हुनेछन। खै किन नबुझेको यहाँका नेतृत्व वर्गले? प्रथम विश्व युद्ध ताका देखि नेपाल र नेपालीले कायम रहेको स्वाभिमान सिध्याउने र नेपाल र नेपाली आफनो पक्डमा राख्ने र फाईदा उठाउने रणनिति बनाएर नै सिआर्ईए र रअ नेपालमा छिरेका हुन। तिनिहरूको रणनिति अनुसारको काम पनि भैरहेको छ । सर्वप्रथम नेपाली बहादुर यूवाहरूलाई उसको सेना भर्ना गरि नेपाली सेना बहादुरलाई कमजोर बनाउनु पर्ने थियो त्यहि योजना अनुरुप नेपाली यूवाहरूलाई इन्डियन आर्मी,ब्रिटिश आर्मी,सिङगापुर पुलिस १ लाख भन्दा बढीलाई भर्ना गरेर शतिm केन्द्रिकृत गर्यो। दोस्रो नेपालको शिक्षा निति विदेशमुखि बनाई ६४ लाख नेपाली लाई गुलामी बनायो। दक्षजनशतिmलाई उसको नागरिक पनि बनायो। राष्ट्रनिमार्णको मेरूदण्ड शिक्षा र यूवा पलायन हुन बाध्यता बनाईयो अनि कसरी हुन्छ बिकास? तेस्रो नेपालमा सशस्त्र प्रहरी बल भन्ने सुरक्षा निकायको खडा गरि सिमा सुरक्षा,वनजङ्गल सुरक्षा र विशिष्ट ब्यतिmको सुरक्षामा खटाईयो। सिमाना,वनजङ्गल र राजनितिज्ञलाई त्यहि सशस्त्र प्रहरी बलको घेराभित्र आफनो कब्जा राखेका छन।सरकार त कसैको चक्रव्युमा परेको छ केहि गर्नै सक्दैन। ५ तारे होटलको बन्द कोठामा गरेको दुईपक्ष सम्झैता भन्दा बाहेक केहि गर्नै सक्दैन। गरेमा कमरेड मदन भण्डारी र राजा विरेन्द्र कै हालत हुन्छ। अनि कसरी गर्ने त ? गाह्रो छ नि बिचाराहरूलाई आफुथापेको पासोमा र आफु राखेको सुरक्षार्कमीले आफैलाई कतिखेर चिरिप र झिरिप हुने हो थाहा छैन।

यति हुदाँ पनि नेपाली जनता भने सहनशिल भएर बसेका छन। यहाँ देश सङ्कटको भुमरीमा फस्दा पनि कसैलाई चासो छैन। किन मौन छन नेपालका यूवाहरू? ६४ लाख विदेशमा छन। बाकी यूवा पाटीका झोले कार्यकता मात्र बन्ने हो कि? एकचोटी राष्ट्रलागि आवाज उठाउनुपर्ने बेला भएको छ।एकचोटी आफनो स्वार्थ, भन्दा माथि उठेर काम गरेर त हेरौ।तिमी काग्रेस,कम्युनिष्ट,राप्रपा जुनसुकै भए पनि नेपाल राष्ट्र रहेको तिमी र तिम्रो स्वाभिमान रहन्छ। बेलैमा विचार गरिएन भने नत नेपाल नै रहन्छ नत नेपाली हुँ भन्ने र गर्व गर्ने ठाउँ नै रहन्छ ।अनि के को लागि राजनितिक गर्छौ?अनि कसको निम्ति लागि राजनितिक गर्छौ?

जय गोरख!!!

प्रतिक्रिया