अमेरिकाबाट अन्तर्राष्ट्रिय ध्यान दिवसको ऐतिहासिक घोषणा

विजय थापा २०७५ फागुन ४ गते १८:५६ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनिया राज्यबाट आज एक बिशेष कार्यक्रमको आयोजना गर्दै ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ को ऐतिहासिक घोषणा गरिएको छ । उक्त कार्यक्रम भर्जिनियाको स्प्रिंगफिल्ड शहरमा आयोजना गरिएको हो ।

‘इन्टरनेसनल मेडिटेसन डे’ नाम राख्दै सार्वजनिक रुपमा घोषणा गरिएको छ । बुद्ध जन्मेको दिनलाई नै अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाइने घोषणा गरिएको छ । बैशाख पुर्णिमा अर्थात् बुद्ध पुर्णिमाका दिनलाई यो अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने बिषयमा अमेरिकाको भर्जिनिया राज्यको लाउडन काउन्टी तथा स्वामी आनन्द अरुण बीच सम्झौता भएको हो । उक्त ऐतिहासिक घोषणा पत्र हरि शर्माले पढेर सुनाउनु भएको थियो भने त्यस पछि सबैले हस्ताक्षर गरेका थिए ।

भर्जिनिया राज्यको लाउडन काउन्टीको तर्फ बाट बोर्ड अफ सुपरभाइजर फिलिस जे र्यानडल ,भर्जिनिया हाउस अफ डेलिगेट ८७ निर्वाचन क्षेत्रका जन जे बेल ,डेमोक्रेटिक दलकी जिल्ला ३३ भर्जिनिया स्टेट कि स्टेट सिनेटर जेनिफर बोयस्को तथा स्वामी आनन्द अरुणले उक्त घोषणामा हस्ताक्षर गर्नु भएको छ ।

https://www.facebook.com/enepalese/videos/595890627525530/

योगा तथा ध्यान सम्बन्धि भर्जिनिया राज्यको लाउडन काउन्टीको तर्फ बाट बोर्ड अफ सुपरभाइजर फिलिस जे र्यानडल ,भर्जिनिया हाउस अफ डेलिगेट ८७ निर्वाचन क्षेत्रका जन जे बेल ,  सिनेटर जेनिफर बोयस्कोले मन्तब्य राख्नु भएको थियो ।

स्वामी आनन्द अरुणले धन्यवाद ज्ञापन गर्दै केही समय ध्यान गराउनु भएको थियो । यो सबै को पुलको कम गर्ने समाजसेवी हरि शर्माले गर्नु भएको थियो भने ओशो भर्जिनियाका सक्रिय चेला सुवर्ण पन्तले सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रम संचालन हरि शर्माले गरेका थिए । समारोहमा महा बाणिज्य दूत प्रेम राजा महत ,ईन्जा का सभापति गुणराज लुइँटेल लगायत डीसी क्षेत्रका नेपाली समुदायका सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

यस बर्ष आगामी मे १७ ,२०१९ का दिन बुद्ध पूर्णिमा पर्छ । बुद्ध जन्मेको दिनलाई नै ‘इन्टरनेसनल मेडिटेसन डे’ घोषणा गर्न स्वामी आनन्द अरुणले लामो समय देखि पहल गरे पछि यो सम्भव भएको हो ।

उक्त समारोहको लागि ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण स्वयम उपस्थिति हुनु भएको थियो । तपोवन ध्यान र योग गर्ने विश्वभरका साधकहरूका लागि लोकप्रिय आध्यात्मिक केन्द्र हो।

रजनीश ध्यान मन्दिर हिन्दूहरूका आराध्यदेव भगवान शंकरको शिवलिंग स्वरूप झल्काउने गरी बनाइएको ओशो तपोवनको मुख्य ध्यान कक्ष हो, जसमा करिब ३ सय व्यक्ति एकैसाथ बस्न सक्छन्। ध्यान मन्दिरभित्र ओशो लगायत कृष्ण, शिव, बुद्ध, शिवपुरीबाबा, जिसस, हजरत मोहम्मद आदिका प्रतिमूर्ति र तस्बिर राखिएका छन्।

ओशो तपोवनमा सद्गुरु ओशोको समाधि मन्दिर छ। यो समाधि मन्दिर सन् १९९७ अप्रिलमा निर्माण सुरु भएको थियो । नेपालका ओशो समाधि मन्दिरहरूको ढाचा तथा निर्माण स्वामी आनन्द अरूणको पहलमा भएको हो।

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरूण पेशाले अभियन्ता हुन्। स्वामी अरूण ओशोको ध्यान योग र जीवन रूपान्तरणकारी शिक्षणका विश्वविख्यात प्रचारक पनि हुन् । उनका पुस्तकहरू नेपाली, हिन्दी, अंग्रेजी, रसियन आदि भाषामा छापिएका छन्। स्वामी आनन्द अरूणका आध्यात्मिक लेखहरु नेपालका छापाहरूमा निरन्तर प्रकाशित हुन्छन् ।

स्वामी आनन्द अरुणको संसारिक नाम अरूणकुमार सिंह हो। तपोवनको ओशो समाधि नजीक शिवपुरीबाबा मन्दिर निर्माण गरिएको छ। यहाँ मौन ध्यान गर्न उत्तम मानिन्छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया