डिसीमा येन्या पुन्ही (इन्द्र जात्रा)मा अमेरिका मै निर्माण गरेको कुमारीको रथ तानेर भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७५ असोज २२ गते १:१२ मा प्रकाशित

विजय थापा , काठमाडौँ उपत्यकाको जस्तै अमेरिका मै निर्माण गरिएको कुमारी सहित उक्त रथमा राखेर डिसी महानगर क्षेत्रमा हर्सौल्लास साथ बर्ष १०१८ को येन्या पुन्ही (इन्द्र जात्रा) मनाइएको छ ।

डिसी महानगर क्षेत्रमा १७ बर्ष अगाडी नेवा समुदाय द्वारा भाषा ,संस्कृति तथा कला लाई जगेर्ना तथा प्रबर्धन गर्ने उद्धेश्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले ८ औ येन्या पुन्ही (इन्द्र जात्रा) मा १० अवतार सहित पहिलो पटक कुमारीको रथको प्रस्तुत गरेको छ ।

पहिलो पटक कुमारीको रथ तान्नको लागि डिसी महानगर क्षेत्र लगायत अन्य राज्यहरुबाट नेपाली समुदाय सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

https://www.facebook.com/enepalese/videos/271998233651207/

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की ( बिद्या वारिधि )ले नेपाल बाहिर रहेता पनि आफ्नो भाषा ,कला ,संस्कृती तथा परम्परालाई यसरी जगेर्ना गर्न अहम भूमिका निर्वाह गर्ने गरि रहेकोमा एनओए को प्रसंशा गर्नु हुदै शुभकामना दिनु भयो ।

यस पटक कुमारी जात्राको कसरी सुरुवात भएको भन्ने बारे नाटक द्वारा प्रस्तुत गरिनु को साथै इन्द्रको बारेमा पनि जीवन्त नाटक प्रस्तुत गरिएको थियो । यस्तै गरि अर्को सशक्त नाटक कसरी “नरसिँहले हिरण्यकशेपुको बध गरेका बारेमा पनि प्रस्तुत गरिएको थियो ।

हिन्दू धर्मका अनुसार नृसिँह “नरसिँह” अवतार भगवान विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।

हिन्दु धर्म ग्रन्थका अनुसार कश्यप ऋषिको पत्नी दितीको गर्भबाट दुईटा बालक हिरण्याक्ष र हिरण्यकशेपु पैदा भएका थिए यिनिहरू ठुले भए पछि जता ततै उप्रदव मचाउन थाले। हिरण्याक्षलाई बराह भगवानले मारेका थिए ।

उक्त कार्यक्रममा नेवा समुदायको परम्परागत भोज समय बजी सम्पूर्ण सहभागी अतिथिहरुलाई निशुल्क खुवाईएको थियो । उक्त कार्यक्रममा नेपालको जस्तै गरि लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्य को साथै परम्परागत स्थानीय रुपमा सजिएकी कुमारी पनि प्रस्तुत गरिएको थियो l संस्थाका अध्यक्ष पुस्कर प्रजापतिले सबैलाई स्वागत गर्नुको साथै बिशेष धन्यबाद दिनु भएको छ ।

उक्त कार्यक्रममा कुमारीको लागि रथ बनाउन अहोरात्र खटई म खर्च गर्नु हुने संस्थाका पदाधिकारी तथा रथ बनाउनको लागि घर उपलब्ध गराउने स्वयम् सेवकलाई समेत प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो ।

उपस्थित दर्शकहरुले नेवा अर्गनाइजेसन अफ अमेरिका(एनओए ) ले यसरी नेपालमा जस्तै गरि इन्द्र जात्रा प्रस्तुत गरेकोमा संस्थालाई धन्यवाद दिनुको साथै अझ नया प्रस्तुति को लागि अपेक्षा गरेको ईनेप्लिजलाई बताए । अमेरिकामा इन्द्र जात्रा ८ बर्ष अगाडी सुरुवात गरिएको हो भने यस पटक मात्र पहिलो पटक कुमारी रथ को निर्माण गरि नेपाल जस्तै गरि अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई समेत तान्न हौशला गरि अन्य अतिथि सहित उनीहरुले समेत कुमारी रथ तान्न पाएका छन् ।

दर्शकहरुको आंकाक्षा लाई मध्य नजर गर्दै समयबजी खुवाई सके पछि पुन: दोश्रो पटक कुमारी रथ तानिएको थियो ।

तस्बिर :राजिव श्रेष्ठ

प्रतिक्रिया