डिसीमा एएनएसले अन्तर्राष्ट्रिय नारी दिवस मिलिजुली यसरी मनायो

इनेप्लिज २०७४ फागुन २७ गते १:३३ मा प्रकाशित

विजय थापा ,मार्च १० ,उत्तर अमेरिका कै पुरानो नेपालीहरुको सवै भन्दा जेठो सँस्था अमेरिका नेपाल सोसाइटी (समाज )ले अन्य संघ/संस्था संगको सहकार्यमा अन्तर्राष्ट्रिय नारी दिवस मिलिजुली मनाएको छ ।

मार्च ८ तारिखका दिन बिश्व भर मनाइने भएता पनि एएनएसले मार्च १० तारिख शनिबारका दिन भर्जिनिया स्थित सेन्टरभिल पुस्तकालमा सवै सग हातेमालो गर्दै उल्लेखनीय उपस्थितिमा नारी दिवस सम्पन्न गरेको छ ।

डिसी क्षेत्रका अन्य ७ वटा संघ/संस्थाहरु एनपीपीए ,एनओए ,एनआरएन भर्जिनिया शाखा , एएनएन ,आन्वा ,अन्तरराष्ट्रिय कलाकार मंच ,अनेसास डिसी तथा एएनएस सहितले अन्तर्राष्ट्रिय महिला दिवसमा शुभकामना संदेश ,मन्तब्य ,कविता तथा सारगर्भित विचार राखेका थिए ।

प्रमुख अतिथि राजदुत डा अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ले नारी दिवसलाई सम्मान गर्दै दर्शक संगै बसेका थिए भने राजदुत कार्कीले मन्तब्य राखेनन् । राजदुतले सम्भवत प्रमुख अतिथि भएर यसरी मन्तब्य न राखेको पहिलो पनि हुन् सक्छ ।

महिला दिवसको लागि भनि बिशेष अतिथिमा भर्जिनिया निर्वाचन क्षेत्र संख्या १० कि कांग्रेस महिला बार्बरा कमस्टक तथा गौरी ठकुरी कार्की ( राजदुत जीवन संगिनी ) ले महिलाका बिषयमा बोलेका थिए ।

संघ/संस्थाको तरफ बाट छोटोमा आफ्ना भनाईहरु राख्नेमा अमेरिका नेपाल महिला संघकी अध्यक्ष विजया शाह ,अन्तरराष्ट्रिय कलाकार मंचका सभापति राम प्रसाद खनाल ,नेवा अर्गनाईजेसन अफ अमेरिका(एनओए) का अध्यक्ष बबिता प्रधान श्रेष्ठ ,नेपा पास पुचः अमेरीकाये (एनपीपीए )का अध्यक्ष राजु जोशी ,एनआरएनए भर्जिनिया कि प्रतिनिधि मन थापा एएनएन को तर्फ बाट प्रतिनिधिको रुपमा तथा डिसी नेपाल समाजका अध्यक्ष अरुण रुपाखेती तथा अमेरिका नेपाल पत्रकार संघ (नेजा ) उपाध्यक्ष गुणराज लुइँटेल ले शुभकामना सहित महिला दिवसका बारेमा आफ्ना केही भनी राखेका थिए ।

यसै गरि महिला दिवसका बारेमा बिशेष चर्चा परिचर्चा गर्नेहरुमा डिसी क्षेत्र कि अधिवक्ता बन्दिता शर्मा दाहाल ,डा मिनु शाह कराला ,बिश्व बैंकमा कार्यरत करिश्मा शाह तथा मनिषा प्रसाई ( घरेलु हिंसा ) बारेमा बोलेकी थिइन् ।

कार्यक्रम संचालन संस्थाकि संचार संयोजक निरु उप्रती खरेल तथा सचिव अन्जना बुढाथोकी सापकोटाले गरेका थिए । महिला दिवसमा नारी बिषयमा कविता वचन गर्ने कवियत्रीहरुमा सुभद्रा पराजुली ,रोजा ओली ले कविता वाचन गरेका थिए भने साहित्यकार तथा कवियत्री रजनी श्रेष्ठ केहि मन्तब्य राख्दै कविता समेत समेत गरेकी थिइन् ।

कार्यक्रममा टेन्डर हार्ट युथ ग्रुप (युवा समुह) का युवाहरु किशोरीहरुको बाक्लो उपस्थिति रहेको थियो भने महिला दिवसको सभापति तथा सभा बिसर्जन प्रभा भट्टराई देउजा ले गरेकी थिइन् ।

महिला जागरूकता  दिवस

अन्तरराष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । यो मार्च महिना भर नै मनाइने छ ।

इतिहास

संयुक्त राज्य अमेरिकाको समाजवादी दल (सोशलिस्ट पार्टी)ले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । समाजवादी दलले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो।

यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१०मा समाजवादी अन्तर राष्ट्रियको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकार कतिपय देशहरुमा थिएन।

१९१७ मा रसियाको महिलाहरुले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई मतदान दिने अधिकार दियो।

त्यस समय रुस मा जुलियन पात्रो (क्यालेन्डर )को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर(अंग्रेजी पात्रो )को प्रचलन थियो। यी दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूप मा मनाइन थालियो।

https://www.facebook.com/enepalese/videos/1685217068231913/

प्रतिक्रिया