फागुन १९ मा के हुँदैछ कीर्तिपुरमा?

इनेप्लिज २०७४ फागुन १२ गते १४:०७ मा प्रकाशित

१२ फागुन, काठमाडौं
कीर्तिपुर नगरपालिका, कथालय प्रकाशन,बाल कला संग्रहालय र क्रिएटिभ एकेडेमीको संयुक्त आयोजनामा यही फागुन १९ गते “कीर्तिपुर बाल साहित्य महोत्सव”को आयोजना हुँदैछ। महोत्सवमा पुस्तक प्रदर्शनी, म्याजिक शो, नाटक, सांगीतिक कार्यक्रम, रोबर्टिक्स, कला प्रदर्शनी, कार्टुन क्यारेक्टरहरुको परेड, खेलहरु, फोटो स्ट्यान्ड र डिजिटल लर्निङ प्रमुख आकर्षणका रुपमा रहनेछन। यसका साथै बालबालिकाहरुको सिकाईमा आधारित कार्यक्रमहरु जस्तै कथालेखन, कथा बाचन, कविता कर्नर, भिडियो मेकिङ, चित्रकला कार्यशाला, स्रष्टासंग संवाद आदि पनि रहनेछन। विशेष गरि बालबालिकाहरुलाई मध्य नजर गरिए पनि साहित्यमा रुचि हुने जुनसुकै उमेर सुमहकाहरुलाई महोत्सव लक्षित गरिएको आयोजकहरु बताउँछन् ।

किन हुँदैछ कार्यक्रम?

बालबालिकाहरुलाई पाठ्यक्रमका पुस्तकहरु मात्रै सिकाइको निमित्त पर्याप्त हुँदैनन्। आवश्यक ज्ञान हाँसिल गर्नको लागि उनिहरुले विभिन्न प्रकार र रुचिका पुस्तकहरु अध्ययन गर्नुपर्ने हुन्छ। “हामी कीर्तिपुर क्षेत्रमा हाम्रा बाबू नानीहरुमा पढ्ने बानीको विकाश होस भन्ने चाहान्छौँ र यसमा यो महोत्सवले महत्वपुर्ण भुमिका खेल्नेमा बिश्वस्त छौँ”, क्रिएटीभ एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मर्जीमान सिंह महर्जनले बताउनुभयो।
बास्तवमा बालबालिकाहरुको सिकाईको लागि पुस्तकहरु मात्रै पनि पर्याप्त नहुने भएकोले, महोत्सव अतिरिक्त क्रियाकलापहरुमा पनि केन्द्रित भएको हो। “हामीहरु किर्तिपुरमै पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न गइरहेका छौँ, कार्यक्रम एकदमै अर्थपुर्ण छ; आशा छ यसले बालबालिकाहरुमा पठन सीपको विकास गर्नेछ।” आयोजकहरु मध्यकै एक किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताउनुभयो। महोत्सवमा उपस्थित भै अवशरको सदुपयोग गर्न उहाँले किर्तिपुर क्षेत्रका सम्पूर्ण विद्यार्थिहरुलाई आह्वान पनि गर्नुभयो। यो कार्यक्रमले बालबालिकाहरुको पढाई र लेखाइ सिपमा सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने विश्वासका साथ यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने कुरा आयोजकहरु बताउँछन।

को को आउँदैछन महोत्सवमा?

प्रसिद्ध लेखक नयनराज पान्डे, कृष्णदिप शिग्देल; प्यानल डिस्कसनको लागि बेथ ब्रिउस्टर; कथा लेखनको लागी धुर्व घिमीरे र यशु श्रेष्ठ; गायक सुगम श्रेष्ठ, सांगितिक समूह 1974 एडि ब्यान्ड; कलाकार मनोज केसी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगाएत ४० जना भन्दा बढि बाल साहित्यका स्रजकहरुको उपस्थिति रहने छ।

कुन स्थान र प्रवेश शुल्क कति लाग्छ?

यो नाफा रहित सामाजिक कार्य भएकोले प्रवेश निशुल्क रहेको छ। महोत्सव क्रिएटीभ एकेडेमीको परिसरमा आयोजना हुने जनाईएको छ। इच्छुक जो कोहिले विहान १० बजेदेखी साँझ ५ बजेसम्म महोत्सवको लाभ लिन सक्नेछन। सामाजिक कार्यमा इच्छुक संघ-संस्थाहरु तथा व्यक्तिहरुले यसको प्रायोजन पनि गर्न सक्नेछन।

प्रतिक्रिया