न्युयोर्क र डीसीमा वुमन इन कन्सर्ट को अन्तिम तयारी ,डीसीमा प्रकृति देउजाले प्रारम्भ गीत प्रस्तुत गर्ने

इनेप्लिज २०७४ कार्तिक १ गते २३:२९ मा प्रकाशित

गत अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिकाका बिभिन्न शहरमा प्रस्तुत भै रहेको वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रम शुक्रबार गोवर्धन पूजा को दिन न्युयोर्कमा र शनिबार भाइ टिका कै दिन डीसीमा हुने भएको छ l कलाकारहरु आस्था राउत ,मलिना जोशी तथा अभया सुब्बा भन्छन विश्व कै सम्राट राज्य तथा अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आफ्नो प्रस्तुति दिन प्रतिक्षारत रहेको बताएका छन् l

भाई टिकाको अघिल्लो दिन न्युयोर्क र भाई टिका कै दिन डीसीमा हाम्रो कार्यक्रम संयोगबस जुध्न गएता पनि समय व्यवस्थापन गरि कार्यक्रममा दाजुभाई दिदीबहिनीहरुलाई आउन आग्रह गरेका छन् l गत अक्टोबर १७ तारिख वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रम बोस्टनमा सम्पन्न भयो lथ्रीई इन्टरटेनमेन्टले घोषणा गरे अनुसार नेपाली वुमेन अफ अफ दि ईयर अमेरिका नामक पुरस्कार डिसीमा अक्टोबर २१ तारिखमा प्रदान गरिने जानकारी थ्रीई इन्टरटेनमेन्टका सुरेश सापकोटाले दिएका छन् lन्युयोर्कमा वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रम को साथै अमेरिका विभिन्न स्थानमा प्रस्तुति गरि सकेका कलाकारहरुले प्रस्तुत गर्ने छन् l यसै गरि डीसी क्षेत्रमा बिशेष गरि अमेरिकन राष्ट्रिय गीत अमेरिकन,एसियन तथा नेपाली समुदायमा गाउदै आई रहेकी युवा कलाकार प्रकृति देउजाले प्रारम्भ गीत प्रस्तुत गर्ने भएकी छिन् l

बिगतमा पनि प्रकृतिले अंग्रेजी गीत प्रस्तुत गरेकोले यस पटक पनि गाउने तयारीमा छिन् lकार्यक्रम थ्रीई इन्टरटेनमेन्ट समूह को पहलमा भएको हो भने कार्यक्रम गत अक्टोबर २९ सम्म चल्ने छ l

 

प्रतिक्रिया