जापानमा १५० औं महाकबी सिद्विदास जयन्ती सम्पन्न

इनेप्लिज २०७४ भदौ २५ गते ०:०४ मा प्रकाशित

कुमार बज्र ,टोकियो l
वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको तत्वाबधानमा नेवार साहित्यका महाकवि सिद्धिदास महाजुको सम्झनामा सेप्टेम्बर ८ तारेख शुक्रवार एक साहित्यिक कार्यक्रमका साथ टोकियोमा १५० औं जन्म जयन्ती शिबुया चुबाकी गार्डेनको सभा हलमा भब्यरुपमा सम्पन्न गरेको छ ।

समारोहलाई सम्बोधन गर्नु हुदै संस्थाका प्रतिनिधि जनक राज शाक्यले महाकबी सिद्विदास महाजुको योगदान बारे चर्चा गर्नु हुदै देश बिदेशमा छरिएर रहेका नेपाली जन समाज बीच सिद्विदासको संदेश पुर्याउन अभियानको रुपमा १५० औ जन्म जयन्तिलाई बिसेष कार्यक्रमको रुपमा अगाडी बढाइएको र येस्मा नेपाली साहित्यकार र साहित्यिक संस्थाहरुको भूमिका महत्वपूर्ण भएको कुरा प्रकाश पर्नु भयो ।

अर्का प्रतिनिधि प्रकाश लाल श्रेष्ठले बिदेशमा बसेर नेपाल र नेपालीको पहिचान जोगाउन नेपाल भाषा र साहित्यको संरक्षण हुनु जरुरि भएको कुरा औल्याउनु हुदै महाकबी सिद्विदास महाजुको योगदान सामाजिक एकिकरणको दिसामा उन्मुख रहेको कुरा चर्चा गर्नु हुदै येस्मा नेपाल सरकारबाट आवस्यक कदम चाल्नु पर्नेमा जोड दिनु भएको थियो l

संस्थाका प्रतिनिधि कृष्ण बदन जोशीले महाकबी सिद्विदासको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो। चुबाकी गार्डेनको हलमा सहभागी सबै साहित्यकार ,साहित्यानुरागी तथा साहित्यप्रेमीहरुलाई समारोहका सदस्य शर्मिला शाक्यले स्वागत भाषण गर्नु भएको थियो।

उहाले टाढा टाढा देखि आफ्नो काम काज सबै छोडेर यो कार्यक्रममा आइदिनुहुने सम्पूर्ण उपस्थित महानुभाब हरुमा समारोह संस्थाको तर्फबाट र म आफ्नो तर्फबाट पनि हार्दिक स्वागत अभिबादन गर्दछु भन्नु भयो /

कार्यक्रमको अन्त्यमा सभाका सभापति सुनिल कुमार शाक्यले आजको यो भब्य कार्यक्रममा साहित्य प्रेमी संघ संस्था ,कबि,कलाकार,तथा साथिहरु तथा बिसेष गरि जापानमा हुनु भएका साहित्यकार तथा साहित्यानुरागी साथीहरुको बिचमा यो ऐतिहासिक कार्यक्रम सफल पार्न पाउदा गौरंबित भएको र यहा उपस्थित सबै साथि हरुलाई हार्दिक धन्यबाद दिदै यो कार्यक्रम सम्पन्न भएको घोषणा गर्दछु भन्नु भयो।

जापानमा सिद्धिदासको स्मरण गर्दै साहित्यिक कार्यक्रम पहिलो पटक गरिएको हो । सिद्धिदास जयन्ती मनाउने क्रममा जापान निवासी साहित्यप्रेमीहरुको साहित्यक रचना र कविता प्रस्तुत गरिएको थियो l

महाकवि सिद्धिदास महाजुलाई नेवार साहित्यमा विशेष सम्मान र महत्वका साथ हेरिन्छ। सिद्धिदास महाजुले नेपाल भाषा साहित्यलाई पुनर्जागरण गर्न नेपाल भाषामा खण्डकाव्य, महाकाव्य ,बिबिध विधाका कयौं पुस्तकहरु नेपाल भाषामा काव्यात्मक रुपले प्रस्तुत गरेका थिए। यस वाहेक उनका अन्य फुटकर कृतिहरु नेपाल भाषामा रचता गरिएका छन्। सिद्धिदास महाजुको जन्म नेपाल सम्बत ९८७ ञलागा २ आईतवारका दिन भक्तपुरको सुकुलढोका भएको थियो।

https://www.facebook.com/100011707753472/videos/437394026660852/

https://www.facebook.com/100011707753472/videos/437224280011160/

https://www.facebook.com/100011707753472/videos/437209200012668/

https://www.facebook.com/100011707753472/videos/437207756679479/

https://www.facebook.com/100011707753472/videos/437204893346432/

https://www.facebook.com/100011707753472/videos/437204626679792/

https://www.facebook.com/100011707753472/videos/437202413346680/

 

 

प्रतिक्रिया