हार्दिक श्रद्धाञ्जलि नानी” शालिन पोख्रेल 

कवि ध्रुब पौदेल सैपु रामेछाप २०८० फागुन १९ गते १७:३५ मा प्रकाशित

के कारण मारियौ नानी, झुन्ड्याइयौ कि झुन्डियौ?
बड्दो उमेरकी सानी ,असाध्यै कलिलै थियौ ।।

होस्टेलको बासनै तिम्रो,अभिसाप बनिगयो।
पापी पञ्जा पर्‍यो कि वा आफ्नै कमजोरीले भयो?।

आमा बस्ने यु ए इ मा, बाबु उपत्यका तिर।
एक्लै होस्टेलमा बस्ता,बल्झियो कि कतै पीर?।

पापी दुस्कर्मीले काहिँ ,दुष्टमती लियो कि त।
के भो अहिले तिमी छैनौ सोध्न जानु र कोसित?।

राजा देख्तैन रे केही, द्यौता बोल्दैन रे त्यता।
भन्ने गर्थे बुढा पाका,त्यस्तो चैं नहओस यता।।

ढुक्कले बसहै नानी!,बस्ने ठाउँ भए कतै।
आफन्तहरु सब तिम्रा बिस्तारै आउँछन् त्यतै।।

                             २०८०/११/१९

कवि ध्रुब पौडले सैपु रामेछाप

प्रतिक्रिया