छुटिएकी मेरी मायालु

गोबिन्द राज ओझा (राजन) २०८० फागुन १० गते १०:५१ मा प्रकाशित

भेट्न खोजेको थिए । मनले भन्थ्यो उनलाई भेट गरौँ । दैवको  संयोगले होला भेट हुन
सकेको थिएन । सोच्थे केही दिन बिदा पाइएला । छुट्टीका दिनहरूमा घर परिवार र
मायालु सँग घुमौला । आशा त मनमा थियो । बिरामी उनिलाई एक पल्ट त भेटौला ।
मनको आशा मनमै रह्यो । भेट्न नपाउँदा किन ? किन यो मनमा नरमाइलो लाग्यो ।
   
कुराकानी गरेको थिए । छिट्टै आउँछु भन्ने । धेरै चोटि सोधेको थिए कहिले आउँछौ
भनी । मनबाट अनेक इच्छा र चाहना  थिए । छोरा छोरी, घरपरिवार सँग भेट
गर्नुपर्छ । लाग्छ यो समय भेटघाट गर्नु भाग्यमा छैन । यदि मात्र बोल्छु । छुट्टी पाएन
। कुनै दिन त आउला हामी सँगै घुमौला ।   
   
घर आउन नपाएको कुराले उनलाई निराश बनाएको होला । लामो डिउ्टी देशको
सुरक्षामा खटिएको बेला फोन सम्म पनि गर्न नपाउँदा उनको मनमा के भयो होला ।
त्यही कुराले यो मन निराश हुन्छ तर मातृभूमिको सेवा गर्न पाउँदा कता कता मन
खुसी हुन्छ । मातृभूमिको लागि केही गर्नु छ मातृभूमि ले दिएको यो मायालाई
सजाएर राख्नु छ । मातृभूमिको माया एक अतुलनीय उपहार हो । मातृभूमि ईश्वरको
साँचो अवतार हो । मातृभूमि र प्रकृतिबिच अतुलनीय सम्बन्ध छ । मेरो
मातृभूमिलाई सलाम छ । मातृभूमिको रक्षाका लागि आफ्नो प्राण आहुति दिने वीर
सिपाहीहरूलाई कहिल्यै भुल्न सकिँदैन र  शहीदलाई राष्ट्रले सधैँ सम्झिरहनेछ। आज
फेरि मातृ शक्तिले मातृभूमिको गौरव गरेको छ ।    

फोनमा छोटो समय बात गरेको थिए । एक छिन टाढा बस्न नसक्ने हामी धेरै समय
देखि बेखबर छौ ।  समय र परिस्थिति नै यस्तो छ । जीवनमा भेट्ने समय पनि
आउला । आफै सँग धेरै पस्न सोध्छु उत्तर पाउँदैन । मनमा केही पिडाहरू जुन मनमा
नै रहनेछन् । टाढा हुन गाह्रो छ  । मनलाई  टाढा बनाउन गाह्रो हुँदो रहेछ । समय
अनमोल छ, जीवन छोटो छ, समय बितेको चाल पाउनै गाह्रो छ । तिमीसँग छुट्न
मलाई कति गाह्रो भएको छ  ।

 रसाएका ती आँखामा अनेक सपना थिए होला । जीवनको सुनौला क्षणहरू सपनाका
संसार भन्दा बेग्लै थिए होला । आँखाबाट आशु खसी आँखा रित्तो भई सके । यी
हिमाल पहाड,तराई सबैतिर घुमेका क्षणहरूको बारेमा पनि धेरै कुरा सम्झँदै थिए ।
मनमा अनेक विचारहरू खेल्दै थिए । पैदल हिँड्दै गयौ । यी ठाउँ र यी ठाउँहरू सँग
जोडिएका नाताको बारेमा बोल्दै गयौ । यो जिन्दगी , यी पलहरू कसरी बितेका छन्

। कसैको चासो छैन होला । चुपचाप शान्त बसिरहे । आफ्नो जीवनको यात्रा निरन्तर
बढाइरहे । जीवनको यात्रा निरन्तर चलिरह्यो ।    
 
तिम्रो एउटा मुस्कानले यो मनमा खुसी ल्याउँछ । त्यो मुस्कानले यो मनमा नयाँ ऊर्जा
उत्पन्न गर्छ । त्यो मुस्कानलाई दिलमा राखेको छु । मुस्कुराई रहेको दृश्यहरू मनमा
कैद गरी राखेको छु । जिन्दगी भरको साथको अपेक्षा गर्दछु । 

 केही बेर बसे सोचे । यहाँ बसेर  उनी सँग जिस्किएका पलहरू सम्झे । बेलाबेलामा
सँगै घुमेका पलहरू पनि सम्झेको थिए । कुनै बेला मिठो मुस्कानका साथ उनले भनेकी
थिए । जीवनका तिता मिठा घटना चलिरहन्छ । समय आफ्नो रफ्तारमा चलिरहन्छ
। उनलाई मेरो बसेको ठाउँमा बोलाएको थिए ।

 आफू बस्ने कोठामा पुगेपछि आएर खाजा खायौ , खाना खाएर सुते ।
मेरो आँखाले पनि धेरै कुरा बुझेका थिए । ब्युँझेर कोठामा बसेर पत्रिका समातेर  पढ्न
थाले । 

मनबाट माया लागेर धेरै कुरा गरे ।   
केही बोल्न मन लागेन । मोवाईलमा मिस कल मात्र गरे । 
म के भनूँ बिरानो सहर ? अनजान सहर ? अनजान मान्छे के भनूँ ? सबै कुरा याद
गर । भोलिको भविष्य हेर । उनको कुरा मन देखि याद गरे ।
 
चुपचाप बसेर धेरै कुरा सोचे । केही बेर पछि आफ्नो डिउ्टीमा हिँडे । यो सहर यो
बस्ती यी गाउँहरूको बारेमा सोच्दै थिए ।  बगैँचामा भएका गुलाबी फूलहरूले मनको
खुसी दोब्बर बनाएको थियो । नजर पुगे जति सबै ठाउँहरूमा हेरेको थिए । रमणीय
दृश्यमा मन भुलाएको थिए ।

 दिन भरी परिश्रम गरेर केही गर्न खोजेको थिए । लाग्थ्यो यो ठाउँमा के पाए , के
गुमाए । मनले मन सँग धेरै कुरा सोधेको थियो । त्यो मन्दिरमा भएको भेट र प्रेममय
कुराहरू सम्झनामा आएको थियो । लाग्थ्यो जिन्दगी एक सपना हो । कलेज जाँदा
घुमेका पार्कहरू आँखामा थिए । बिरानो सहर काठमाडौँमा बसेको सम्झना  मनमा
थियो । 
    
 आँखाबाट आशु झारेको कुराले मलाई सोच्न बाध्य बनायो । मायाको कसिलो
अँगालोमा बाँधिनु पनि थियो । हाम्रो प्रेमको गहिराई अनन्त थियो । तिम्रो साथमा
मेरो जीवन कल्पना गर्दै थिए । भावनाका अनेक शब्दहरू थिए । सम्झिदा सम्झिँदै
मुटुमा माया गाडिँदै थियो ।  

उनिलाई सम्झिँदै बस्न गाह्रो छ –उनी सँगका प्रेममय दिनहरू अझै सुमधुर भएर बित्दै
थिए । यो जीवन जसो त्यसो चलिरहेको थियो । मेरी उनीको लागि गाउँमा सुन्दर
घर किनेको थिए । उनी धेरै खुसी थिए । मायाको नशामा डुबेको थिए । किन मन
झसङ्ग हुन्छ । आफू बसेको ठाउँ बाट उठ्न गाह्रो भइरहेको छ । किन किन
निद्रा लाग्न पनि छोडेको छ । बिहानीमा उठ्यो । बिहानीको समयमा शैलेश्वरी मन्दिर
सम्म पनि पुग्नु छ । शैलेश्वरी मन्दिरमा पुगेर पूजाआजा गरी भगवान् सँग प्रार्थना गर्नु
छ । 

आज हाम्रो माया प्रेमको सुरुवातको दिन सम्झेर झसङ्ग भएको छु । खबर पठाउन त
धेरै पटक पठाएको थियौ भेटघाट हाम्रो कहिले हुन्छ । त्यै पनि मनबाट मेरो हजुरलाई
शुभकामना सन्देश पठाएको छु । सम्झेर एउटा पत्र पनि पठाएको छु । तर उनको कुनै
खबर आएन । 

कता कता  यो मनले अनेक कुरा खोतल्छ । धेरै पटक आएको थिए त्यो गाउँमा
मोबाइलमा फोन पनि गरे तर किन फोन पनि उठेन । मनमा चिन्ता भयो मेरो यो के
भयो । फोन किन उठेन । सायद लजाउने बानिले होला जस्तो पनि लाग्यो ।
उनको मनमा माया पलाएको जस्तो पनि लाग्थ्यो । उनी सँग बोल्न पनि धेरै समय
कुर्नुपर्ने रहेछ । हाँसेर बोल्ने उनको बानी र उनका रहरहरू देखेर मनमा आफै भित्रको
जिन्दगीको बारेमा नयाँ सोच पैदा भयो ।

मनले उनकै  बारेमा धेरै कुरा सम्झना गरेको थियो । जागिर जीवन धेरै ठाउँ
कहिले काठमाडौँ,ललितपुर, डडेलधुरा , बझाङ, दार्चुला , कैलाली , कञ्चनपुर देखी
देशको विभिन्न भूभागमा कार्यरत भएर कार्य गरेको अनुभव पनि छ । काम गर्न पनि
आफ्नो समय निकाल्नु परेको छ । हरेक दिन सम्झना आउँदा यो ठाउँ यो गाउँमा
आएर घुम्ने गरेको थिए । जिन्दगी नै यसरी टाढियो आफ्नो व्यस्तताले भेट हुन पनि
गाह्रो भएको छ ।

एक छिन पर्खेर हेरे ।  आत्मै देखि माया गरेको मान्छे केही बोल्न मन लागेको छ ।
सजिलो छ भन्न सजिलो तरिकाले भन्यौ । 
यो हाम्रो प्रेममय रमाइलो दिन रहेछ । किन किन छोरीले पनि बाबा भनी बोलाएकी
रहेछ । मैले के गर्न सक्छु । मेरो प्यारी छोरी
उनले मलाई धेरै पल्ट सोधिन । 

मेरी मायालु सँग धेरै कुरा सोध्नु पनि छ। माया गरेको दिन सम्झनु पनि छ ।
सम्झन मैले सम्झेको छु । दिलबाट सम्झेर कुराकानी गर्दै छु । हरेक दिन प्रेम गरेको र
भेटेको पहिलो दिनको सम्झनामा हामी दक्षिण काली र भद्रकाली मन्दिर गएर

आफ्नो जीवनको सुखी कामना गर्छौ ।  धेरै कुरा समय सँगै परिवर्तनशील छ । माया
गर्ने सम्झना गर्ने मन सधैँ सम्झिरहनु छ । पहिलो चोटिको हेराई , पहिलो प्रेमले
जीवनलाई कति सफल बनाउँछ । कुराकानी गर्दै थियौ । किन उनी बिस्तारै बोल्दै
छिन ।

किन होला सम्झनाले सताउने । यस गाउँ ठाउँमा बसौँ कि जस्तो लाग्छ । यी
दिनहरूमा छुट्टी मिलाएर यतै बसौँ कि जस्तो लाग्छ । धेरै आशा दिलाउन सक्दिन
बिदा लिन पनि मिल्दैन ।
 धेरै बेर सम्म कुराकानी गरेपछि कुरा सिद्धियो । मन बाट गहिरिएर सोच्न बाध्य
भइयो । अफिसको काम सिद्ध्याएर हात मुख धोए  र मायालुलाई भिडियो कल गरे

के छ हजुर ? किन फोन नगर्नु भएको ?रिसाउनु भएको छ कि के गल्ती भयो ? कुरा
गर्दै थिइन।

मायालुको शब्द सुनेर फेरि मनमा केही आशा पनि पलाएको थियो । छोराले पनि
नजिक आएर धेरै कुरा गर्न खोजेको थियो । यो मन छोरा छोरीको प्यारमा पनि
डुबेको थियो ।
मानिसहरू किन वैदेशिक रोजगारको खोजीमा छन् ? देशमा रोजगारी सिर्जना गरेर
युवालाई स्वदेशमा नै रहने वातावरण पनि बनाउनु छ ।     

मन खुसी भए पनि  अचानक मायालुका आँखाबाट आशु खस्यो । मनले मनलाई पनि
धेरै प्रश्नहरू  सोधिरहेको थियो ।  आफ्नो गाउँ घर परिवार, छोराछोरीको सम्झना
आएको छ । मन कता कता दौडिरहेछ । दौडिएर मन कहाँ सम्म पुग्छ   ।

राति परेपछि मेरो डिउ्टी पनि सकियो । मनमा केही खुसी थियो । कुन्नि के भयो
आज बेहोस मै हराए झैँ लाग्छ । मनमा अनेक जिज्ञासा  उत्पन्न हुन्छन् ।

 खुसी मनले प्रेयसी तर्फ हेरेर बोल्दै छु । जागिरे जीवन यस्तै रै छ  के भनौँ । आउँ मै
कहाँ बस्न मेरो सेवा गर न ।

यो मेरो कुरा हो । जीवनमा अनेक रहर छन् । धेरै आवश्यकता छन् । कसरी बुझाउने
। अनेक सपनाहरू बोकेर जीवन जिएको छु । मन धेरै भावुक हुन्छ । सपनाहरू बन्धक
बनाएर पनि जीवन जिउनु छ । उनको निर्दोष मन मलाई थाहा छ । आफ्नो खर्च ,
घरपरिवार को जिम्मेवारी सम्हाल्दै मनमा धेरै कुरा खेलाउँदै रात गएको  पतै भएन ।
देशप्रतिको माया ,यही देशमा बसेर देशको सेवा गर्नुपर्छ भन्ने भावना मनमा बोक्नु छ ।
वृद्ध आमाबुवा, छोराछोरी , मायालुको अनुहार, यो दाम्पत्य जीवनको बारेमा सोचेर
मनमा भावनाहरूको अन्तर्द्वन्द्व चलिरह्यो ।   

मायालुलाई बोलाएर जिन्दगीको बारेमा धेरै कुरा पनि भन्नु छ मनमा आसा पनि छ ।
माया गरेर हेर  मायामा रमाउनु पनि छ । यहाँ बोलाऊ कि उनलाई मैले सोच्दै छु ।
यहाँ बसेर धेरै कुरा गर्नु छ उनको पवित्र मन र विचारको बारेमा बोल्नु पनि छ ।
मनमा आशा लिएर  सोचे  । अब हामी सँगै बस्नुपर्छ । नेपालका विभिन्न ठाउँमा घुम्दा
सँगै घुमौला आशा छ । कसरी जीवनलाई परिवर्तन गर्ने । के गर्ने ? जीवन कसरी
परिवर्तन हुन्छ ? भाग्यमा के छ ? धेरै प्रश्न थिए तर उत्तर पाएको थिएन । निक्कै दिन
सम्म पनि हामी बिचमा कुनै सम्पर्क भएन । 

 धेरै दिन पछि मायालुले प्रेमको पहिलो दिनको सम्झनामा  पशुपतिनाथ घुम्ने योजना
बनाएकी रहेछन् । मनमा अनेक आशा थिए । उनलाई गिफ्ट दिन भनेर भगवान्
बुद्धको मूर्ति किनेर राखेको थिए । उनिलाई खोज्न गाह्रो थिएन । म सरासर उनको
फ्ल्याटमा पुगेको थिए । उनी अचम्ममा परेकी थिइन । उनले आफूलाई खुसी देखाउने
प्रयास गरेकी थिइन ।   

मन किन बदलिन्छ । रिसाएकी उनी फेरि मायालु मुहारले बोल्ने गर्छिन् । मैले केही
बेर सोचे । लामो सास फेरे । मेरो माया फेरिएको छैन । समय बदलियो । परिस्थिति
बदलियो । हाम्रो खुसी बाँड्ने तरिका बदलिए यो मनमा माया रहिरहेको छ । माया
भन्दा ठुलो के नै छ ।

मायालुको बोलीले यो मनमा माया जागेर आउँछ । अब हामीले आफ्नो गाउँमा बस्नु छ
। आनन्दको जीवन बिताउनु छ । मुहारबाटको  खुसी देखाउँदै उनले भनिन ।
       
 यो जिन्दगी जिउनु छ । खुसीहरू साँचेर बाच्नु पनि छ । तिम्रो साथमा मैले पनि यहाँ
सँगै बाच्नु छ । मन कता कता घुमेको छ । धेरै कुरा गर्न बाकी पनि छ । लामो सास
फेरेर मायालु तर्फ नजर  घुमाएर हेर्नु पनि छ । रसिला आँखा बनाएर हेर्नु छ । यो
देशमा मेरो सपना छ । यो देशमा मेरो माया छ । यो देश सँग मेरो मन मुटु जोडिएको
छ ।   

हाम्रो सम्बन्ध सधैँ जोगाएर राख्नु पनि छ । जिन्दगीका यात्राहरू सहज त हुँदैन तर
पनि यात्रा जारी छ ।  रमाएर सधैँ साथमा रहनु पनि छ । मन खुसी छ ।   सम्बन्ध
हाम्रो सधैँ सुमधुर बनाउला । जिन्दगीका बाटाहरू घुम्दै जाँदा हाम्रो मिलन हुनुपर्छ ।

धेरै प्रश्न सोधे उत्तर पाउन सकिन । उनले फोन गर्दा मोबाइलमा घण्टी बज्यो । फोन
उठाउन पनि सकिन मैले कुन्नि के भयो । एकाएक उनीलाई  बोलाउन पनि खोजेको
थिए । मायालुलाई मायालु भाषामा सम्झाउनुपर्छ । मनमा खुसी बोकेर यी हिमालको
छेउछाउमा घुम्न मन छ । घर सम्म पुग्नको लागि भए पनि बसमा चढ्न जानु छ ।

मन बाट भावुक  भएर धेरै प्रश्न गरे । मन उज्यालो भएको थियो । यो देश प्रकृतिको
सुन्दरताले भरिपूर्ण छ ।

आँखाले पनि धेरै कुरा बोलेको छ । पहिलो पटक उनी सँग बसेर हेरेको दृश्य आँखामा
बसेको छ । जीवनको साथी भएर होला मायालुको तस्बिर मानसपटलमा सलबलायो
। उनको अनुहार सम्झनामा रहिरह्यो । यात्रामा अनेकन्  कुराहरू चलिरहे । मेरो
सपनामा तिमि छौ । अब मेरो देशमा खुसी साथ बस्नु पनि छ ।
 
खुसी मन लिएर बस्नु पनि छ तिम्रो लागि सुनको हार उपहार दिन भनेर राखेको छ ।
यो मनमा खुसीले बास गर्छ ।

उनको गाउँमा पुगेर उनको हँसिलो अनुहार पनि हेर्नु छ । सपनाको संसारमा सजाएर
राख्नु छ आँखामा पनि खुसीको आभास छ । यो सम्बन्ध आत्मादेखिको हो । यसले
मिठो अनुभूति गराउँछ । हृदयको नदीमा बगी छालहरूलाई मनले स्पर्श गर्छ । धेरै
लामो समय बसेर सोचे मैले नदी जस्तै बग्दै जाने रहेछ यो जिन्दगी । हावा जस्तै उड्ने
रहेछ मन ,जीवन जगतका कुराहरू बुझ्न गाह्रो हुदोरहेछ झन् ।

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया