गेट टुगेदर र पार्टीको नाममा युवा पुस्ताहरु होटलको बन्द कॊठा भित्र गलत कार्यमा फस्दै – सुर्य चन्द

इनेप्लिज २०७४ जेठ ८ गते १३:४२ मा प्रकाशित

सुर्य चन्द, काठमाडौँ –  डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरुरिसोर्ट होटलको बन्द कॊठा भित्र बसेर गलत कार्यमा फस्दै गरेका एक अध्ययनले बताएको छ  l स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनिछ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग यहाँ अहिलेका युवा जमातहरु, किशोरकिशोरीहरु कुनै पनि बहानामा डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवापुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र गएर मदिरा र जवानीको कुलतमा फस्दै नराम्रोबाटोमा त हिडिरहेका छैनन ?  हामीले हाम्रो छोरा छोरी, दाजु भाइ, दिदि बहिनि माथि पूर्णविश्वास गरेर उनीहरुलाई आफ्नो निगरानी भित्र राख्न नसक्दा अहिलेका किशोर किशोरीहरुकोजिबन कुलत तथा अन्धकारको दल दल तिर त फस्दै गएको छ l कम्बाइण्ड स्टडी, बर्थ डे पार्टी,रमाइलो भेटघाट जस्ता विभिन्न तरिकाले अहिलेका पुस्ता आफुलाई रमाइलो गर्न, कुलत बाटोमाफस्न, तथा जवानीको प्यास मेटाउन होटेल र रिसोर्टको कोठा भित्र सुरक्षित महसुस गर्दै दिन ररातमा विभिन्न होटेल र रिसोर्टमा पुग्ने गरेका छन l

शहरी रात्री जिबनको जहा दैनिक सयौ युवा युवतीले आफ्नो भबिष्यलाइ अध्यारो तर्फ धकेलीरहेका छन सयौले आफ्नो अश्मिता लुटाईरहेका छन, क्षणीक मनोरंजन प्राप्त गर्नको लागिमदिरामा लट्ठ भएर । शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोराछोरिको भबिष्य त अन्धाकारमा धकेलेको त छैन ? बार डिस्कोमा पनि एउटा मापदण्ड हुनजरुरि छ यो बिषयमा सरोकार वालाहरुले सोच्न जरुरत पनि छ । तर हाम्रो देशमा त चौध बर्षकोकिशोर किशोरीहरु पनि बारमा बसेर मदिरा र धुम्रपानमा लट्ठ पर्दै आफ्नो यौबन देखाई रहेकाछन । बार डिस्कोमा फोटो खिचेर सामाजिक संजाल फेसबुकको भित्तामा फोटो राखिनेप्रचलनले गर्दा त झन अहिलेको युवा पुस्ता जसरि पनि एक चोटी बार डिस्को गएर त्यहाकोफोटोग्राफर बाट फोटो खिचाई आफ्नो फेसबुकमा राख्न आतुर देखिन्छन जसले गर्दा कतै हाम्रोयुवा पुस्ता गलत संगत  र गलत बाटोमा हिडेको त छैन भन्ने प्रश्न आउछ । जब रात ढल्किदै जानकिशोर किशोरीहरु मदिरा अन्य नशा लाग्ने कुराहरु बाट लट्ठ पर्दै मध्यरात सम्म नशामा झुमीरहेका हुन्छन त्यस पछि होटेल र रिसोर्टको बन्द कोठा खोज्ने जमात पनि बढ्दै गएको छ l

हामी र हाम्रो समाज नराम्रो काम र कर्मको देखासिखी गर्न सबै भन्दा अगाडी छ । हिजो त्योबाहिर साथिहरु संग गएर रमाइलो गर्यो, बारमा मदिरा खादै फोटो खिच्छ भने आज म किननजाने म पनि जान्छु भन्ने प्रवृति छ । सेलिब्रेटी देखि चेलीबेटीहरु सम्म आजकल बार र डिस्कोमागएर फोटो खिचेर सामाजिक संजाल(फेसबुक, ट्विटर)मा राख्ने पनि ट्रेन्ड नै चलेको छ। बारडिस्कोमा आउने ग्राहकहरुको लागि भनेर बार डिस्को संचालकहरुले फोटो खिचिदिने रफेसबुक पेजमा राखिदिने गर्दछन जसले गर्दा युवा युवतीहरु एक अर्कालाइ देखाउनको लागिमात्र भए पनि बारमा जाने र मदिरा र धुम्रपानमा झुम्ने गर्दछन । अहिले शहरमा कोहिदेखासेखीको लागि त कोहि आफ्नो मनोरंजनको लागि दैनिक सयौ युवा युवतीहरु रात्री जिबनबार डिस्कोमा जाने गर्छन र बार डिस्कोमा जाने होडबाजीनै चलेको छ ।

सेलिब्रेटी,मोडल देखि धनाड्य घरानाका व्यक्तिहरु बार डिस्कोमा गएर मस्त हुने प्रचलन नयाहोइन तर अहिले उनै सेलिब्रेटी, मोडल, धनाड्यहरुको नक्कल गर्दै सामान्य घर परिवारका युवायुवतीहरु गलत संगत र ट्रेन्डमा फस्दै गएका छन । भर्खर टिन एज प्रवेश गरेका देखि लिएरबुढा बुढी भइसकेका सम्म अहिले रत्रिजिबनको बार डिस्कोमा गएर मदिरा पिउदै र धुम्रपान गर्दैफोटो खिच्न लालाइत देखिन्छन र आफु हिजो रति यो ठाउमा थिए भनेर देखाउन अनि बारकोलोगो सहितको फोटो आफ्नो फेसबुकमा राख्न आतुर हुन्छन । जसले गर्दा सामान्य घरपरिवारका युवा युवतीहरु पनि आफ्नो साथी सर्कलमा देखाउनको लागि भए पनि बार डिस्कोजाने र फोटो खिच्ने अनि गेट टुगेदर गर्ने रात बिताउने र आफ्नो फेसबुकमा राख्ने गलत ट्रेन्डबस्दै गएको छ ।

यसको अर्थ सामान्य घर परिवारको युवा युवती बार डिस्को अनि कहिँ कतै जानु हुन्न भनेकोहोइन तर सामान्य घर परिवारको युवा युवतीहरु देखासेखी गर्नको लागि भएनि गलत काम गर्नगलत संगतमा फस्दै गएका छन । आफुलाई मोडल र सेलिब्रेटी जस्तो देखाउन अहिलेको युवापुस्ता जस्तो सुकै काम गर्न नि पछि नहट्ने एक अध्ययनले देखाएको छ । यसका लागिअबिभाबकहरुले बेलैमा सोच्नु पर्ने अबस्था आएको छ, आफ्नो छोरा छोरीहरु कुन बाटोमाहिड्दैछन बेलुका कहा जादैछन के गर्दैछन भनेर कहिँ सेलिब्रेटी र मोडल जस्तो देखिन गलतसंगत र गलत बाटोमा त छैनन् बेलैमा सोच्नुहोस ।

प्रतिक्रिया