प्रतिभा पहिचान कार्यक्रम

इनेप्लिज २०७१ फागुन ३० गते २:३३ मा प्रकाशित

928-928623388574इलाम, ३० फागुन । ‘दक्ष शिक्षक, स्तरीय शिक्षा समृद्धिका लागि साक्षरता र प्रविधियुक्त शिक्षा’ भन्ने नाराका साथ जिल्ला शिक्षा कार्यालय इलामको आयोजनामा शुक्रबार यहाँ भएको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

चौध वटा स्रोतकेन्द्रका करिब पाँच दर्जन विद्यालयका विद्यार्थीलाई प्रतिस्पर्धा गराई त्यसबाट २० जना प्रतिभा पहिचान गरिएको छ ।

चित्रकला विधातर्फ सदरमुकामस्थित ज्योतिसदन बोर्डिङ स्कुलका योगेश चाम्लिङ, सरस्वती उमावि लक्ष्मीपुरका अविरल खालिङ र भानुभक्त उमावि मङ्गलबारेका राजेश मगर क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यसैगरी गणित विधातर्फ जीतपुर उमावि जीतपुरकी नमुना दाहाल, चुलाचुली बोर्डिङ स्कुलकी जानुका राई र प्रज्ञासदन बोर्डिङ स्कुलका पुजन पौडेल क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

विज्ञान विधातर्फ सञ्जीत बुढाथोकी, मनिका भट्टराई र विशाल साउदेन क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने गायन विधातर्फ सरस्वती मावि सोयाङका मिलन तामाङ, कृष्णाश्रम उमावि कन्यामकी रेश्मा राई र वीणपाणि मावि पुवामझुवाका धनजीत राई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

नृत्यतर्फ सदरमुकामस्थित आदर्श उमाविकी एलिसिया रसाइली, बहुवन मावि इरौँटारका विनिता राई र करफोक उमाविका करण राई क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।

अभिनय विधातर्फ शान्तिपुर उमाविका सुवास लकान्द्री, अमर उमावि बरबोटेका सरोज निरौला र बालज्योति मावि चुलाचुलीका ईश्वरमान लिम्बू क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने वाधनतर्फ कृष्ण मावि लक्ष्मीपुरका मनिष राई प्रथम र जीतपुर उमाविकी दीपा लिम्बू द्वितीय भएकी छन् ।

जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै प्रतिभा पहिचान कार्यक्रमबाट लुकेर बसेका प्रतिभाको खोजी गरी उनीहरुलाई अवसरको वातावरण सिर्जना हुने बताउनुभयो ।

प्रतिक्रिया