
फिफा विश्वकप भकुन्डो २०२६ को बाहिरिने (नकआउट )चरण अन्तर्गत बिहीबार सम्पन्न खेलमा स्पेनले अस्ट्रियामाथि ३–० को प्रभावशाली जित हात पारेको छ।
यो जितसँगै स्पेन प्रतियोगिताको अन्तिम १६ (राउण्ड अफ १६) मा प्रवेश गरेको छ भने अस्ट्रियाको विश्वकप भकुन्डो यात्रा यही चरणमा समाप्त भएको छ
खेलको सुरुदेखि नै स्पेनले बलमाथि राम्रो नियन्त्रण राख्दै लगातार आक्रमण गर्यो। मध्यान्तर अगाडी स्पेनका मिकेल ओयारजाबालले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसपछि मध्यान्तर पछि स्पेनले आफ्नो खेललाई अझ आक्रामक बनायो। पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको अन्तिमतिर स्पेनले अर्को गोल थप्दै ३–० को सहज जित सुनिश्चित गर्यो।
अस्ट्रियाले केही अवसर सिर्जना गरे पनि स्पेनको बलियो रक्षापंक्ति तथा गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन। स्पेनले अरुलाई भकुन्डो दिने (पास) भकुन्डो नियन्त्रण र आक्रमण तीनै क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आफू किन उपाधिको बलियो दाबेदार हो भन्ने प्रमाणित गर्यो।
अब स्पेनले क्वार्टरफाइनल पुग्ने लक्ष्यसहित पोर्चुगल वा क्रोएसियामध्ये विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया