फुटबल

बेद प्रसाद घिमिरे २०८३ असार १८ गते २२:१६ मा प्रकाशित

जाग्छन् रातभरि युवा सब यहाँ निन्द्रा र भोकै नमानी,
हेर्छन् खेल उमङ्गले चोक चोकमा प्रोजेक्टरै तानेर।
हाम्रो देश नेपालमा फुटबलको क्रेज त निकै छ माथि,
हार्दा आँसु खसाल्छन् फ्यानहरू ती मनमा पीडा ठानेर ।। १ ।।

अमेरिका र मेक्सिको क्यानडामा चल्दै छ यो खेल आज,
४८ देश भिड्दै छन् मैदानमा भिडाएर आफ्नो यो ताज।
उद्घाटनको खेलमा मेक्सिकोले गोलको वर्षा गरायो,
जापानलाई ब्राजिलले दुई गोल हानि मैदानमा हरायो ।। २ ।।

फ्रान्सले स्वीडेनलाई तीन गोल दिई जित्यो नि खेलै त राम्रो,
जर्मनी नेदरल्यान्ड्स बाहिरिए ती रोएर भाग्य नै हाम्रो।
मेस्सी र एम्बाप्पे छन् गोलमा अगाडि छ-छ गोल हानी,
हालान्ड भिनिसियसको चर्चा छ धेरै विश्वकै तारा ठानी ।। ३ ।।

केप भर्डे जोर्डन जस्ता नयाँ देश आएका छन् खेल खेल्न,
नेपाली युवा नि जागै छ सधैँ समयान्तरको मार झेल्न।
जोश र जाँगर त बढ्छ नि धेरै खेलको नियमलाई बुझौँ,
स्वास्थ्य र कामलाई ठीक राखी सधैँ फुटबल

उत्सवमा रमी रमाऔँ ।। ४ ।।

प्रतिक्रिया