
सन् २०२६ को फिफा विश्वकप भकुन्डोमा अमेरिकाले बोस्निया हर्जगोभिनालाई हराउँदै बाहिरिने (नकआउट ) चरणमा आफ्नो स्थान पक्का गरेको छ।
सान फ्रान्सिस्कोको मैदानमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा अमेरिकाले २-० को प्रभावशाली जित दर्ता गराएको हो।
खेलको मध्यान्तरमा अमेरिकी टोलीका स्खेलाडी फ्लोरिन बालोगनले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको ६४ औं मिनेटमा खेलले अनपेक्षित मोड लियो। अमेरिकी टोलीका २० गन्जीका खेलाडी फ्लोरिन बालोगनले बोस्नियाका खेलाडीमाथि खुट्टामा हानेको देखिए पछि रातो कार्ड देखाए। यसका साथै उनी मैदानबाट बाहिरिए।

एक खेलाडी कम भएर १० जनामा सीमित हुँदा पनि अमेरिकाले आफ्नो रक्षात्मक र आक्रामक खेललाई कायम राख्यो।
खेलको ८२ औं मिनेटमा मालिक टिल्म्यानले स्वतन्त्र प्रहार(फ्रि-किक) मार्फत सुन्दर गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे।
यो जित अमेरिकाका लागि निकै अर्थपूर्ण छ किनकि टोलीले आफ्नो मुख्य गोल प्रहार गर्ने बालोगन बिना नै खेलको अन्त्यसम्म संघर्ष गर्नुपर्यो।
अब बालोगनले टोलीको आगामी खेल गुमाउनेछन्, जुन अमेरिकाका लागि चुनौती हुन सक्छ।
यद्यपि, घरेलु मैदानमा समर्थकहरूको हौसलाका साथ अमेरिकाले बोस्नियामाथि पूर्ण नियन्त्रण कायम गर्दै यो महत्वपूर्ण जित हासिल गरेको छ।
प्रतिक्रिया