कन्टेन्ट क्रियशन

नारायण प्रसाद सापकोटा २०८३ असार १७ गते १०:५१ मा प्रकाशित

सागरको छोरो, 

उमेर नौ वर्ष, पढने कक्षा तीन,

टाठोछ रे, गरी खाला जस्तो छ रे, 

आजै देखि कन्टेन्ट क्रियशनगर्छ रे । 

किस्नेकी छोरी,

दस पढ्दा देखि पैसो कमाएकी छ रे,

टिकटकमा भाइरल छ रे, 

दैनिक कन्टेन्ट क्रियशन गर्छे रे । 

बसन्तेको भान्जो, 

आफ्नै खर्चले क्याम्पस पढेको छ रे,

विदेश नगइकन घडेरी किनेको छ रे, 

ड्रोन उडाएर कन्टेन्ट क्रियशन गर्छ रे । 

सागर, किस्ने र बसन्तेका शाखा सन्तान जस्तै

मा. बि. को शिक्षक, विश्वविद्यालयको प्राध्यापक,

टी भिको पत्रकार, मुटुको डाक्टर,

वार्डको अध्यक्ष, पार्टीको सभापति, 

बाइकको राइडर, विभागको डी जी,

फारमको साहु, टोलको गुण्डा,

सबैले गर्छन् कन्टेन्ट क्रियशन

व्यस्त छन्, मस्त छन्, 

तिनको काम कस्ले गर्दो हो? 

खाने कुरा कसले क्रियशन गर्दोरहेछ ?

प्रतिक्रिया