
सॉझ पख टहलिदा
सितल हावाको आनन्दमा
जब तिम्रो साथ हुन्थ्यो
हामी आकासका कुरा गर्थ्यौ
ताराहरुको कुरा गर्थ्यौ
झरीमा रुझेको कुरा गर्थेउ
लामो यात्राको कुरा गर्थेउ
सुनसान चकमन्न रातहरुमा
परबाट देखिने रात्री वसका
ज्योतिहरु मधुरो हुदै
तेजिलो हुन्थे र जान्थे
हुत्याएर ल्याएको हावाको झोक्काले
हामीलाई धक्का लगाएर जान्थ्यो
तिम्रो पछ्यौराले मलाई
सप्को लाउदै आफ्नो सुगन्ध छाडेर जान्थ्यो
एकैछिन मलाई निशब्द बनाई दिन्थ्यो
म ताराहरु हेर्थे
तिमीलाई हेर्थे
प्रफुल्लित मनले उहि पलको
आशा जगाउथ्यो
तिम्रा वातहरु म कसरी
सुनिरहन्थे
तिमीलाई टक्क हेरिरहन्थे
सायद आखाले होईन
त्यो सॉझ त्यो वतास
कता कता तुष बनेर बसेछ
प्रतिक्रिया