इन्द्र अलमल्ल

ईश्वर पोखरेल, बोझेपोखरी, ललितपुर २०८३ असार १३ गते ११:११ मा प्रकाशित

बर्खामास अकासमा तारा झलमल्ल
अकासभरि तारा देख्दा इन्द्र अलमल्ल

बियाडमा बिउ सुक्यो; सुक्यो– खेतको हिलो
भैसी बाँध्न यो घाममा कता ठोकौं किलो!
घाँस हाल्यो भैसी ठान्छ— ‘घाँस हो कि पराल?’
मनमनै भन्दो होला— ‘भयो, खान्न; नहाल् ।

रोपाइँका,े खेतालाको छैन हल्लखल्ल
अकासभरि तारा देख्दा इन्द्र अलमल्ल
ओइलाएको लहरामा कता फलोस् बोडी?
बोडी टिप्न आउने मान्छे पनि आउन छोडी
नहर सुक्यो, खोला सुक्यो, दह पनि सुक्यो
‘पानी पाछर्’ु भन्ने बादल कता लुक्यो, लुक्यो!
      

पँधेरामा पालो पनि आउँछ बल्लबल्ल
अकासभरि तारा देख्दा इन्द्र अलमल्ल



प्रतिक्रिया