
नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा) ले आफ्नो ३५औँ वार्षिक सम्मेलन तथा वार्षिक साधारण सभा यस वर्ष अमेरिकाको टेक्सास राज्यमा भव्य रूपमा आयोजना गर्ने घोषणा गरेको छ।
यो महत्वपूर्ण कार्यक्रम एचडिएनपि अन्तरराष्ट्रिय , एफआईएनवाई, र डेभेलपमेन्ट फर पिस इन्टरनेसनलको सहकार्यमा सम्पन्न हुनेछ।
नासाको कार्य समितिको निर्णयअनुसार यस वर्षको नेतृत्व जिम्मेवारीहरू पनि घोषणा गरिएको छ। पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र बराललाई एजिएम अध्यक्षको जिम्मेवारी दिइएको छ। त्यसैगरी टेक्सस कै देवी डेविड आचार्य सम्मेलनका सभापति र प्रणय लामा सह-सभापतिको रूपमा नेतृत्व सम्हाल्ने छन्।
यो सम्मेलन केवल औपचारिक कार्यक्रम मात्र होइन, नेपाली समुदायको पहिचान, एकता र भविष्यको साझा यात्राको उत्सव हो। यहाँ अमेरिका भरिका नेपाली समुदायका प्रतिनिधिहरू एकै ठाउँमा भेला हुनेछन् र आपसी सहयोग, संस्कृति संरक्षण, र भावी योजनाहरूमा छलफल गर्नेछन्।

कार्यक्रम शनिबार, ५ सेप्टेम्बरमा टेक्सासको अर्भिॅग स्थित Bhetghat Restaurant Bar & Banquet (1800 Valley View Lane, Suite 104, Irving, TX 75061) मा आयोजना हुनेछ।
नासा अध्यक्ष विद्या गुरुङले सबै समुदाय सदस्यहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेकी छन्।
उनले यस सम्मेलनलाई “एकता, सम्मान र साझा भविष्य निर्माणको ऐतिहासिक अवसर” भनेर वर्णन गरेकी छन्।
प्रतिक्रिया