
इरानले शनिबार संयुक्त राज्य अमेरिकाले इरानी लक्ष्यहरूमा गरेको पछिल्लो हवाई आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। इरानको विदेश मन्त्रालयले राज्य सञ्चारमाध्यममार्फत जारी गरेको बयानमा यी आक्रमणलाई “स्पष्ट रूपमा सम्झौता ज्ञापन (एमओयु) को उल्लङ्घन” भएको बताएको छ।
अमेरिकाद्वारा गरिएको यो कदम अन्तर्राष्ट्रिय नियम र दुई देशबीच भएका सहमतिहरूको विरुद्ध छ,मन्त्रालयको बिज्ञप्तिमा भनिएको छ ।
इरानका अनुसार, आक्रमणमा समुद्री तटमा रहेका निगरानी केन्द्रहरू समेत लक्षित गरिएका थिए। यी केन्द्रहरू देशको समुद्री सुरक्षा र निगरानीका लागि महत्वपूर्ण मानिन्छन्। इरानले यस्तो आक्रमणलाई आफ्नो सुरक्षा प्रणालीमाथिको सीधा चुनौतीको रूपमा लिएको छ।
त्यसैबीच, बेलायतको म्यारीटाईम ट्रेड अपरेसनले जानकारी दिदै भनेको छ हर्मुज जलडमरू क्षेत्रमा एउटा तेल ट्याङ्करमा अज्ञात प्रोजेक्टाइलले आक्रमण गरेको छ।
आक्रमणपछि जहाजको “ब्रिज” भागमा क्षति पुगेको भए पनि सबै चालक दल सुरक्षित रहेको बताइएको छ। यो जलडमरू विश्वको तेल आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मार्ग हो ।
अर्कोतर्फ, बहरेनको विदेश मन्त्रालयले पनि आफ्नो क्षेत्रमा भएको भनिएको मानव रहित यान ( ड्रोन )आक्रमणको कडा निन्दा गरेको छ। मन्त्रालयका अधिकारीहरूले बिहान सबेरै “धेरै मानव रहित यान (ड्रोन)हरूद्वारा आक्रमण” भएको बताएका छन्। उनीहरूले यसलाई देशको सार्वभौमिकताको “स्पष्ट उल्लङ्घन”, नागरिकहरूको सुरक्षामाथिको ठूलो खतरा, र अन्तर्राष्ट्रिय नियमहरूको गम्भीर उल्लङ्घन भनेका छन्।
प्रतिक्रिया