भेनेजुएलामा शक्तिशाली भूकम्पबाट ज्यान जानेको सख्या १४०० पुग्यो , ६८,९०० मानिस अझै बेपत्ता 

इनेप्लिज २०८३ असार १३ गते १८:३१ मा प्रकाशित
Screenshot

दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गत बुधबार गएको दुईवटा शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति निम्त्याएको छ। 

७.२ र ७.५ म्याग्निच्युड( परिमाण) को यी शक्तिशाली भूकम्पले लागुएरा राज्यलाई नराम्ररी तहसनहस पारेका छन्। यो विपद्ले आम मानिसको जीवनमा अन्धकार छाइदिएको छ।

शनिबार बिहानसम्मको सरकारी तथ्याङ्कअनुसार मृत्यु हुनेको संख्या १,४३० पुगेको छ । दुःखको कुरा के छ भने ६८,९०० भन्दा बढी मानिस हराइरहेका छन्। 

तीन दिन बितिसक्दा पनि आफ्नो परिवार र छिमेकीको खोजीमा रहेका मानिसहरूको पीडाको कुनै सीमा छैन। ला गुएराका सडकहरूमा कंक्रिटका थुप्रोबाहेक अरू केही देखिँदैन। 

मानिसहरू आफ्नो नांगो हात, डोरी र सामान्य औजारको सहायताले भग्नावशेष कोट्याउँदै आफ्ना प्रियजनलाई जीवित भेट्ने आशामा छट्पटिरहेका छन्।

तर, यस्तो महाविपद्को घडीमा सरकारको भूमिकालाई लिएर जनतामा चर्को आक्रोश देखिएको छ। 

सैनिक, प्रहरी र अग्निनियन्त्रकहरूले पर्याप्त रूपमा उद्धार कार्य गर्न नसकेको स्थानीयहरूको आरोप छ। विपद् व्यवस्थापनमा देखिएको यो सुस्तताले गर्दा पीडितहरू आफैँ उद्धारमा जुट्न बाध्य भएका छन्।

एपिले लिएको एक अन्तरवार्ता अनुसार कराबालेडा सहरमा भग्नावशेष पल्टाउँदै गर्दा माइलेडी रोमेरोले भावुक हुँदै भनिन्, “त्यहाँ हिजो रातदेखि नै शवहरूको थुप्रो छ। त्यसमा साना नवजात शिशुहरू पनि छन्। हेर्नुहोस् त, कति समय भइसक्यो, तर कसैले पनि उनीहरूलाई निकाल्ने प्रयास गरेको छैन। 

हामीले रातको ८ बजे नै मानिसहरू जीवित रहेको सुन्थ्यौँ, तर सरकारले उद्धार गर्न कुनै चासो देखाएन। हामीले कयौं शवहरूको पत्ता लगाएका छौँ, तर सरकारले तिनलाई निकाल्न पनि सहयोग गरिरहेको छैन। आखिर उनीहरू कसको प्रतिक्षा गरिरहेका छन्?”

सरकारले आफ्नो उद्धार कार्यलाई बलियो देखाउन खोजे पनि वास्तविकता भने अत्यन्तै दर्दनाक छ। 

राहत र उद्धारमा भइरहेको ढिलाइले बाँचेका मानिसहरूमा थप पीडा थपेको छ। ला गुएराका जनता आज आफ्नो घरबार मात्र होइन, आफ्ना प्रियजन गुमाएको पीडा र सरकारी उपेक्षाको मारमा बाँचिरहेका छन्।

प्रतिक्रिया