विश्वकप भकुन्डोमा इङ्ग्ल्यान्डको दबदबा: पानामालाई २-० ले हरायो

इनेप्लिज २०८३ असार १३ गते २३:०४ मा प्रकाशित
Screenshot

फिफा विश्वकप भकुन्डो प्रतियोगिता २०२६ अन्तर्गत शनिबार भएको समूह चरणको खेलमा इङ्ग्ल्यान्डले पानामालाई २-० गोल अन्तरले पराजित गरेको छ। 

अमेरिकाको न्यु जर्सीस्थित न्यु योर्क न्यु जर्सी रॅगशाला(स्टेडियम(मा भएको यस खेलमा इङ्ग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो।

खेलको मध्यान्तर अगाडी दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। तर, मध्यान्तर पछि इङ्ग्ल्यान्डले आक्रामक खेल देखायो। खेलको ६२ औं मिनेटमा ज्युड बेलिङ्घमले गोल गर्दै टोलीलाई अग्रता दिलाए। 

त्यसको पाँच मिनेटपछि, अर्थात ६७ औं मिनेटमा कप्तान ह्यारी केनले सुन्दर गोल टाउकोले गर्दै इङ्ग्ल्यान्डको अग्रता दोब्बर बनाए।

यस गोलसँगै ह्यारी केन फिफा विश्वकपको इतिहासमा इङ्ग्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। 

उनले ११ गोल गर्दै ग्यारी लिनेकरको कीर्तिमान तोडेका हुन्।

पानामाले खेलभर बलियो रक्षात्मक खेल देखाउने प्रयास गरे पनि इङ्ग्ल्यान्डको आक्रमणलाई रोक्न सकेन। 

यो जितसँगै इङ्ग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। 

पानामा भने यस प्रतियोगिताबाट बाहिरिएको छ ।इङ्ग्ल्यान्ड अब आफ्नो अर्को लक्ष्यतर्फ अघि बढेको छ।

प्रतिक्रिया