
फ्रान्सको एभियान-ले-ब्यान्समा भइरहेको जी-सेभेन सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग मंगलबार बिहान सवा एक घण्टा छलफल गरेका छन्।
रूसले युक्रेनमा पूर्ण रूपमा आक्रमण गरेको चार वर्षभन्दा बढी भइसकेको अवस्थामा यस पटकको बैठकमा युक्रेन संकटलाई मुख्य प्राथमिकतामा राखिएको थियो। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले ट्रम्पलाई युक्रेनका लागि अमेरिकी सहयोग जारी राख्न र रूसमाथि दबाब बढाउन आग्रह गर्ने बताएका छन्।
म्याक्रोनका अनुसार युक्रेन, रूस, युरोप र अमेरिका सबै टेबलमा बसेर गरिने वार्ता नै सही वार्ता हो।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्प र कतारका अमिर शेख तमिमबीच पनि महत्त्वपूर्ण भेटवार्ता भएको छ। यसै हप्ता अमेरिका र इरानबीच औपचारिक युद्धविराम सम्झौतामा हस्ताक्षर हुने र तेहरानको आणविक कार्यक्रमबारे वार्ता सुरु हुने अपेक्षा गरिएको छ। कतारका अमिरले यस सम्झौताका लागि ट्रम्पको नेतृत्वको प्रशंसा गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए।
वार्ताकै क्रममा ट्रम्पले इजरायलले लेबनान र हेजबुल्लाहसँग गरिरहेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। इजरायलले यो मामिला छिटो टुङ्ग्याउनुपर्ने भन्दै ट्रम्पले यो लडाइँ लम्बिरहँदा इरानसँग हुन लागेको ठूलो ऐतिहासिक सम्झौतामा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरे।
प्रतिक्रिया