पारिवारिक सुराकीले टर्यो ह्वाइट हाउसको महासंकट: युएफसि खेल र दर्शकहरूलाई निशाना बनाउने षड्यन्त्रको पर्दाफास

इनेप्लिज २०८३ असार २ गते १४:१३ मा प्रकाशित

एफविआईले ह्वाइट हाउसमा हुन लागेको एउटा ठुलो र डरलाग्दो आक्रमणको योजनालाई असफल पारिदिएको छ। 

गत आइतबार ह्वाइट हाउसमा अमेरिकाको २५०औँ वार्षिकोत्सव र राष्ट्रपति डोनाल्ड ट्रम्पको ८०औँ जन्मदिनको अवसरमा एउटा विशेष  युएफसि खेल आयोजना गरिएको थियो। 

सोही खेलको क्रममा दर्शक र वरपरका भवनहरूलाई निशाना बनाएर आक्रमण गर्ने योजना बनाइएको थियो। प्रहरीले अहिलेसम्म यस षड्यन्त्रमा संलग्न ५ जनालाई पक्राउ गरिसकेको छ।

सुत्रहरूका अनुसार, अपराधीहरूले विस्फोटक पदार्थ (बम) जोडिएका मानव रहित यान(ड्रोन)गपु प्रयोग गरेर वरपरका भवनहरूमा ठोक्काउने र भागभाग मच्चिएका बेला सर्वसाधारणमाथि बन्दुकधारी (स्नाइपर) हरूबाट गोली प्रहार गर्ने भयानक योजना बनाएका थिए। 

त्यसपछि उनीहरू ह्वाइट हाउसको मुख्य द्वारबात्रै छिर्ने तयारीमा समेत थिए।

यो सबै षड्यन्त्रको खुलासा एकजना सजग नागरिकका कारण भएको हो। आरोपीमध्ये एकजनाका आफन्तले प्रहरीलाई “आफ्नो परिवारको सदस्यले वासिङ्टनमा केही नराम्रो गर्ने कुरा गरिरहेको” भनी गोप्य सूचना दिएका थिए। 

सोही सूचनाका आधारमा प्रहरीले म्यासेज एप ‘सिग्नल’ अनुप्रयोगमा भइरहेको कुराकानी पत्ता लगायो र ओहायो राज्यका एक व्यक्तिसहित अन्य अपराधीहरूलाई समात्न सफल भयो।

त्यस खेलको पहिलो लहरमै बसेर खेल हेरेका राष्ट्रपति ट्रम्पले फ्रान्समा पत्रकारहरूसँग कुरा गर्दै आफूलाई यसबारे पहिले जानकारी नभएको बताए ।

हालैका दिनहरूमा ह्वाइट हाउस वरपर आक्रमणका प्रयासहरू बढिरहेका बेला अमेरिकी सुरक्षा निकायहरूले समयमै चालेको यो कदमलाई ठुलो सफलता मानिएको छ।

प्रतिक्रिया