इलन मस्कको स्पेसएक्सले कृतिम बुद्धिमत्ता कम्पनी कर्सर ६० बिलियन डलरमा खरिद गर्ने

इनेप्लिज २०८३ असार २ गते १८:४३ मा प्रकाशित

अन्तरिक्ष अनुसन्धान तथा भूउपग्रह (स्याटेलाइट )सेवाका लागि परिचित इलन मस्कको कम्पनी स्पेसएक्सले कृत्रिम बुद्धिमत्ता (एआई) आधारित कोडिङ सहायक ‘कर्सर’लाई ६० बिलियन अमेरिकी डलर बराबरको शेयर सम्झौतामार्फत खरिद गर्ने घोषणा गरेको छ।

मंगलबार सार्वजनिक गरिएको एक विवरणअनुसार सान फ्रान्सिस्कोस्थित स्टार्टअप प्रतिष्ठान एनिस्फियरले विकास गरेको कर्सर सन् २०२६ को तेस्रो त्रैमासिकभित्र स्पेसएक्सको पूर्ण स्वामित्वमा आउनेछ।

कर्सर एक कृतिम बुद्धिमत्ता( एआई) आधारित उपकरण हो, जसले सफ्टवेयर विकासकर्तालाई कम्प्युटर सुसाख्य कार्यक्र (प्रोग्राम )लेख्न र सुधार गर्न सहयोग गर्छ। 

पछिल्ला वर्षहरूमा यस्ता उपकरणहरू निकै लोकप्रिय बन्दै गएका छन्। यसले धेरै काम स्वचालित रूपमा गर्न सक्ने भएकाले सफ्टवेयर उद्योगमा ठूलो परिवर्तन ल्याइरहेको छ।

कर्सरका प्रमुख कार्यकारी अधिकृत माइकल ट्रुएलले स्पेसएक्ससँगको सम्झौताप्रति उत्साह व्यक्त गर्दै विश्वकै सबैभन्दा उपयोगीकृतिम बुद्धिमत्ता नमुना( एआई मोडेल )निर्माण गर्ने लक्ष्य रहेको बताएका छन्। 

उनले स्पेसएक्ससँग मिलेर अत्याधुनिक एआई प्रविधिको विकासलाई अझ अगाडि बढाउने विश्वास व्यक्त गरे।

स्पेसएक्सले पनि कर्सरसँग मिलेर नयाँ कृतिम बुद्धिमत्ता नमुना (एआई मोडेल) विकास गरिरहेको र त्यसलाई चाँडै सार्वजनिक गर्ने जनाएको छ। प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो।

सन् २०२२ मा माइकल ट्रुएल र उनका तीन जना एमआईटी सहपाठीहरूले स्थापना गरेको कर्सरले “भाइब कोडिङ” नामक नयाँ प्रवृत्तिलाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। यसको माध्यमबाट कृतिम बुद्धिमत्ता(एआई)ले धेरै हदसम्म स्वतः सफ्टवेयर तयार गर्न सक्छ।

विश्लेषकहरूका अनुसार यो खरिदपछि स्पेसएक्सले एआई क्षेत्रमा ओपनएआई, एन्थ्रोपिक, गुगल र मेटाजस्ता शक्तिशाली कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न थप बल पाउनेछ। 

विशेषगरी कोडिङ तथा कृतिम बुद्धिमत्ता प्रविधिको क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउन यो सम्झौता महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया