
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सामाजिक सञ्जालमा प्रकाशित तस्विर र छोटो भनाई यतिबेला चौतर्फी चर्चा र भाइरल ( व्यापक)विषय बनेको छ।
आइतबार मध्याह्न प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अङ्गालो हालेको एउटा तस्बिर सार्वजनिक गर्दै लेखे— “PM, HM, IM; देश बनाउने टोली :)”। मन्त्रिमण्डलका प्रमुख खम्बाहरूबीचको यो आत्मीयता र दृढतालाई जनताले निकै सकारात्मक रूपमा लिएका छन्।
तथापी लाखौ प्रतिक्रिया सामाजिक सॅजालमा आउदै गर्दा रवि लामिछानेको भूमिका र योगदान बारे निरन्तर प्रश्न उठ्यो । अर्थात प्रश्न माथी प्रश्न उठि रह्यो ।
तर त्यसको केही बेरमै, आलोचना र टिप्पणी गर्नेहरूलाई लक्षित गर्दै प्रधानमन्त्रीले अर्को छोटो तर मार्मिक भनाई या प्रतिक्रिया थपे। उनले लेखेका छन्, “हप्ताभरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या होइन! दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु!”
कार्यशैलीमा जति कडा, स्वभावमा त्यति नै स्पष्ट र ठट्यौली शैलीका रूपमा चिनिएका प्रधानमन्त्री बालेनको यो प्रकाशनले सरकार देश निर्माणमा कति एकाकार भएर लागेको छ भन्ने सन्देश मात्र दिएको छैन, बरु नागरिकमाझ नयाँ ऊर्जा र आशा समेत जगाएको छ।
प्रतिक्रिया