
फेयर लन, न्यु जर्सी — न्यु जर्सीको फेयर लनस्थित मेमोरियल पार्कमा जुन ६ मा आयोजित नेपाल डे एनजे २०२६ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली संस्कृति, कला, परम्परा तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा न्यु जर्सीसहित न्यूयोर्क, पेन्सिल्भेनिया, डेलावेयर, म्यासाचुसेट्स, बाल्टिमोर तथा अन्य छिमेकी राज्यहरूबाट उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा फेयर लन बरोले जुन ६ लाई आधिकारिक रूपमा “नेपाल डे” को मान्यता प्रदान गरेको थियो। फेयर लन बरोले कार्यक्रमका लागि मञ्च, आवश्यक पूर्वाधार तथा अन्य सुविधाहरू उपलब्ध गराएको थियो।
कार्यक्रमको उद्घाटन “फेयर लन गर्ल्स डान्स” समूहको आकर्षक सांस्कृतिक नृत्यबाट गरिएको थियो। उक्त प्रस्तुति स्वर्णिम राई, भूमिका राउत तथा समायरा श्रेष्ठले प्रस्तुत गरेका थिए, जसले दर्शकहरूको मन जित्न सफल भएको थियो।
नेपाल डे एनजे २०२६ लाई सफल बनाउन विभिन्न संघसंस्था, सञ्चारमाध्यम, व्यवसायी, कलाकार तथा स्वयंसेवकहरूको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ। कार्यक्रममा युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका, नेवा गुठी ,हामी नेपाली ग्लोबल। ,, जीएनएन टिभी एण्ड न्यूज तथा हेलो अमेरिका लगायतका संस्थाहरूको सहभागिता रहेको थियो।
न्यूयोर्कस्थित खसोखास कार्यक्रमको आधिकारिक मिडिया पार्टनर रहेको थियो भने वाशिङ्टन डी.सी.स्थित इनेप्लिज, न्यु जर्सीस्थित न्युजर्सी नेपाली गतिबिधि ,नेपालिज्म र एभरेस्टएक्स तथा पेन्सिल्भेनियास्थित समाज टाइम्स लगायतका सञ्चारमाध्यमहरूले कार्यक्रमको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा न्यू जर्सी नेपाली समाज, ग्रेटर जर्सी नेपाली समाज, वुमन फर कज, इनास न्यू जर्सी, एआरसी फर नेपाल, मगर समाज न्यू जर्सी, फ्रेन्ड्स अफ नेपाल न्यू जर्सी तथा एनआरएनए एनसीसी युएसए न्यू जर्सी च्याप्टर लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन प्लाटिनम स्पोनसर्स अन्तर्गत खगेन्द्र जीसी र आर्क फर नेपाल तथा गोल्ड स्पोनसर्स अन्तर्गत राजेश श्रेष्ठ र ओंकार सिंहले विशेष सहयोग गरेका थिए। साथै सिल्भर ,ब्रोन्ज तथा व्यक्तिगत दाताहरूको योगदानले कार्यक्रमलाई थप सशक्त बनाएको थियो।
९१ डिग्री फारेनहाइटसम्म पुगेको अत्यधिक गर्मीका बीच सहभागीहरूलाई चिसो पानी उपलब्ध गराउन हिमालय फ्रेश वाटले सहयोग गरेको थियो। साथै मिलन के. शाही र राज कुँवरले थप पानी उपलब्ध गराएर कार्यक्रममा महत्वपूर्ण सहयोग पुर्याएका थिए।
नेपाल डे एनजे २०२६ को सफलतामाएनआरएनए न्यूयोर्क च्याप्टर, एनआरएनए पेन्सिल्भेनिया च्याप्टर, फेयर लन सनराइज रोटरी क्लब, रोटरी क्लब अफ क्वीन्स, न्यूयोर्कको समेत महत्वपूर्ण योगदान रहेको थियो।
कार्यक्रममा नेपाली परिकार, कला, हस्तकला तथा परम्परागत पोशाकको प्रदर्शनी पनि गरिएको थियो। मिठो रेस्टुरेन्ट ,हिमालय ओन हाइट,स्पाइस हाउस रेस्टुरेन्ट तथा अन्य खाद्य व्यवसायीहरूले नेपाली खानाका विभिन्न परिकारहरू उपलब्ध गराएका थिए।
सांगीतिक कार्यक्रमतर्फ चर्चित गायक कृष्ण काफ्ले र जेम्स प्रधानले विशेष प्रस्तुति दिएका थिए। त्यसैगरी नेव्व गुठी धिमे समूह , थारु, गुरुङ, मगर, राई तथा अन्य विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूले नेपालको सांस्कृतिक विविधतालाई झल्काउने प्रस्तुति दिएका थिए।
कार्यक्रम सञ्चालन नग्मा श्रेष्ठले गरेकी थिइन् भने डीजे जाङ्बु शेर्पाले सांगीतिक वातावरणलाई थप उत्साहपूर्ण बनाएका थिए। कार्यक्रमको फोटोग्राफी राजन काफ्लेले तथा भिडियो छायांकन सुरज गुरुङ ले गरेका थिए।
नेपाल डे न्यु जर्सीका अध्यक्ष राजेन्द्र (रे) श्रेष्ठको नेतृत्व तथा संयोजक सञ्जीव श्रेष्ठको समन्वयमा सम्पन्न कार्यक्रमको समग्र योजना, व्यवस्थापन तथा सञ्चालनमा नेपाल डे न्यु जर्सीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रभाकर राईले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै कृष्ण अधिकारी (अध्यक्ष, एनआरएनए ,एनजे च्याप्टर ), बिन्सन खड्का, रेनु अधिकारी, राज बी. अधिकारी तथा अन्य स्वयंसेवक र सहयोगीहरूको सक्रिय सहभागिता र अथक मेहनतले कार्यक्रमलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्याएको आयोजकले जनाएको छ।
अत्यधिक गर्मीका बाबजुद पनि कार्यक्रममा हजारौं नेपाली तथा नेपाली मूलका सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। आयोजकका अनुसार नेपाल डे एनजे २०२६ ले नेपाली समुदायबीच एकता, सहकार्य तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।
नेपाल डे २०२६, नेपाली दूतावास न्यूयोर्क (वा नेपालको महावाणिज्य दूतावास न्यूयोर्क), एनआरएनए एनसीसी युएसए, एनआरएनए न्यू जर्सी च्याप्टर तथा न्यु जर्सीस्थित विभिन्न नेपाली संघसंस्थाहरूको सहयोग र सहकार्यमा नेपाल डे एनजे द्वारा आयोजना गरिएको थियो।
कार्यक्रमका अध्यक्ष राजेन्द्र (रे) श्रेष्ठले नेपाल डे एनजे २०२६ लाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, प्रायोजक, कलाकार, सञ्चारकर्मी, स्वयंसेवक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ भव्य र प्रभावकारी रूपमा नेपाल डे आयोजना गरिने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया