५३ वर्षपछि न्यूयोर्क निक्स बन्यो एनबिए बास्केटबल बिजेता : इतिहास रच्दै एनबीए पदक कब्जा

इनेप्लिज २०८३ जेठ ३१ गते ११:२९ मा प्रकाशित

बास्केटबल खेलको इतिहासमा पाँच दशक भन्दा ज्यादा अर्थात् ५३ वर्ष लामो प्रतिक्षा समाप्त भएको छ। गत जुन १३ शनिबारका दिन भएको निर्णायक खेल अर्थात् फाइनल पाँचौँ खेलमा सन एन्टोनियो स्पर्स लाई ९४–९० को रोमान्चक अंकले हराउँदै न्यूयोर्क निक्सले यस वर्षको एबबिए च्याम्पियनसिप(बिजेता)को उपाधि जितेको छ। निक्सले यसअघि सन् १९७३ मा मात्र यो ऐतिहासिक उपाधि जितेको थियो।

खेल सकिएलगत्तै न्यूयोर्क शहरका सडक, मधशाला (बार )र प्रसिद्ध म्याडिसन स्क्वायर गार्डेन बाहिर हजारौँ स्थानीय प्रशंसकहरू खुसीले चिच्याउँदै सडकमा उत्रिएका थिए। कतिपय ठाउँमा पटाका पड्काएर र गाडीको आवाज बजाएर खुसीयाली मनाइयो। उत्सवका क्रममा टाइम्स स्क्वायर नजिकै एउटा बिद्यालय गाडीमा आगलागी भएको थियो भने भीडभाडमा एक १७ वर्षीय किशोर सामान्य घाइते भए पनि स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

निक्सलाई ऐतिहासिक जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका चर्चित खेलाडी जलेन ब्रन्सन लाई ‘फाइनल्स एमभीपी’ अर्थात् सबैभन्दा उत्कृष्ट खेलाडीको उपाधि दिइयो। मञ्चमा आफ्ना बुबा तथा सहायक प्रशिक्षक रिकसँगै पदक उचाल्दै ब्रन्सनले भने, “यो मेरो सपना पूरा भएको क्षण हो, म यसैका लागि न्यूयोर्क आएको थिएँ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँ तेस्रो खेल हेर्न रंगशाला पुगेका थिए। निक्सको यो ऐतिहासिक जितको सम्मानमा न्यूयोर्कका नगर प्रमुख जोहरान माम्दानीले आगामी बिहीबार शहरमा भव्य ‘विजय परेड’ आयोजना गरिने घोषणा गरेका छन् । ५३ वर्षपछि आएको यो ऐतिहासिक जितले सिङ्गो न्यूयोर्क शहरलाई उत्सवमय बनाएको छ।

प्रतिक्रिया