२ दिन मा ४०४ जना शिक्षकलाई अभिमुखीकरण

इनेप्लिज २०८३ जेठ ३१ गते ११:४३ मा प्रकाशित

( डि पी ढुंगेल )

विराटनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल विराटनगर शाखाले शनिबार आइतबार गरी ४०४ जना शिक्षकलाई अभिमुखीकरण तालिम दिएको छ । विराटनगरका ६५ वटा विद्यालयमा कार्यरत कक्षा १ देखि ३ सम्म अध्यापन गराउने २१४ जना शिक्षकलाई आइतबार एक दिने अभिमुखीकरण गरिएको हो। अघिल्लो दिन शनिबार कक्षा ४ देखि ५ सम्म अध्यापन गराउने १९० जना शिक्षकलाई अभिमुखीकरण गरिएको थियो । विद्यालय क्षेत्र सुधार योजना २०६६ अनुसार कक्षा १ देखि कक्षा ३ सम्म निरन्तर मूल्याङ्कन प्रणाली लागू भइसकेकाले संस्थागत विद्यालयले समेत निरन्तर मूल्याङ्कन प्रणाली अनुसार शिक्षकहरूलाई अभिमुखीकरण गरिएको कार्यक्रमका संयोजक तथा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा ले जानकारी दिए ।

क्रमश कक्षा ६ देखि ८ र कक्षा ९ देखि १० सम्म अध्यापन गराउने शिक्षकहरुलाई समेत आगामी दिनमा पुनर्ताजकी तालिममा सहभागी गराउने प्याबसन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले बताए । परीक्षा केन्द्रित भन्दा सिकाई केन्द्रित शिक्षा प्रदान गर्ने सिकाएको स्तर पहिचान गर्ने विद्यार्थीको कमी कमजोरीहरू समयमै सुधार गर्ने विद्यार्थीको सर्वाङ्गिन विकासमा सहयोग गर्ने विद्यार्थीमा परीक्षाको तनाव कम गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ। दुवै दिनको कार्यक्रममा विज्ञ प्रदिप बिष्टद्वारा सहजीकरण भएको हो। टाइम्स पब्लिकेसन प्राइभेट लिमिटेड को प्राविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ९० प्रतिशत महिला शिक्षक र १० प्रतिशत पुरुष शिक्षक तालिममा सहभागी भएका हुन् । निरन्तर मूल्याङ्कन प्रणाली ( Continuous Assessment System . CAS ) देशैभरि लागू भइसकेको अवस्था हो। प्रत्येक वर्ष शिक्षकहरूलाई पुनर्ताजकी तथा अभिमुखीकरण कार्यक्रम आवश्यकता भएकाले प्याब्सन विराटनगरले तालिमको आयोजना गरेको जनाइएको छ।

प्रतिक्रिया