“अनेसास न्युयोर्क च्याप्टरद्वारा लोकप्रिय साहित्यकार कमला प्रसाईँका तीन कृतिको भव्य लोकार्पण सम्पन्न “

इनेप्लिज २०८३ जेठ २९ गते २३:२४ मा प्रकाशित

न्युयोर्क, अमेरिका | ६ जुन २०२६

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरको आयोजनामा वरिष्ठ साहित्यकार तथा समाजसेवी कमला प्रसाईँका तीन साहित्यिक कृतिहरू ‘चितामाथिको लास’ (नाटकसङ्ग्रह), ‘सिमाना’ (कवितासङ्ग्रह) र ‘हृदयभित्र’ (गीतिसङ्ग्रह) को भव्य लोकार्पण कार्यक्रम न्युयोर्कको क्विन्स स्थित नेपाली भान्छाघरमा सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक उद्घघाटन प्रमुख अतिथि र विशेष अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष जानुका वस्ती ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली महावाणिज्य दूतावास न्युयोर्कबाट वाणिज्यदूत श्री प्रेमबहादुर बुड् थापा र विशेष अतिथिहरूमा नेपालबाट पाल्नुभएका अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा नेपाली साहित्यिक पत्रकार सङ्घका अध्यक्ष वरिष्ठ साहित्यकार श्री राधेश्याम लेकाली, गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा स्रष्टा समाज नेपालका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ , अनेसास नेपाल च्याप्टरकी निवर्तमान अध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सहसचिव साहित्यकार सन्ध्या पहाडी तथा बोस्टनबाट पाल्नुभएका अनेसास केन्द्रका निवर्तमान अध्यक्ष साहित्यकार गोवर्धन पूजा हुनुहुन्थ्यो ।

प्रमुख र विशेष अतिथिहरूलाई टोपी र खादा लगाएर च्याप्टर उपाध्यक्ष नदिया लिवाङ्गले स्वागत गर्नुभएको थियो । त्यसै क्रममा स्रष्टा कमला प्रसाईंको ममतामयी आमा स्वर्गीय जयन्तादेवी प्रसाईं, अनेसास बोर्ड अफ ट्रष्टीजका पूर्व सभापति डा .श्याम कार्कीको धर्मपत्नी अनेसास आजीवन सदस्य स्व. ईन्दिरा कार्की र च्याप्टर अध्यक्ष जानुका वस्ती ढकालकी आदरणीय माइजूसासू समाजसेवी स्व. भीमा माया शर्मा लामिछानेको निधनप्रति दुःख प्रकट गर्दै सबै मृत आत्माहरूप्रति चीर शान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।

हजुरी शाह , सॅगीता मुखिया र निशान्त पण्डितको मिठो स्वरमा नेपाली र अग्रेजी राष्ट्रिय गानसँगै प्रारम्भ भएको कार्यक्रम आकर्षक एवं प्रभावकारी ढंगले संस्थाकी महासचिव निरु न्यौपानेले सञ्चालन गर्नुभएको थियो।अनेसास केन्द्रका निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ ,वरिष्ठ कलाकार विरेन्द्र हमाल वर्तमान कार्यकारिणी सदस्य शकुन ज्ञवाली , न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष पूनम काफ्ने , निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ , च्याप्टर पूर्व उपाध्यक्ष शान्ता अधिकारी , कोषाध्यक्ष बेदा खरेल , सल्लाहकार राम खत्रीको पनि उपस्थिति रहेको थियो।कार्यक्रमको प्रारम्भमा संस्थाकी उपाध्यक्ष नदिया लिबाङ्गले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण साहित्यप्रेमी, अतिथि तथा महानुभावहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो। त्यसपश्चात् प्रमुख अतिथि, विशेष अतिथिहरू र च्याप्टरका पदाधिकारीहरूद्वारा साहित्यकार कमला प्रसाईँका तीनै कृतिहरुको लोकार्पण गरिएको थियो।

लोकार्पण पश्चात्

वक्ताहरूले कृतिहरूको समीक्षा गर्ने क्रममा नेपाल मुक्तक प्रतिष्ठान अमेरीका शाखाका अध्यक्ष तथा साहित्यकार आनन्द श्रेष्ठले ‘ह्रदयभित्र ‘ गीतसङ्ग्रह ,
कवि किशनसिंह धामी र वरिष्ठ निर्देशक किशोर सुब्बाले ‘चितामाथिको लास’ नाटक सङ्ग्रह र प्राध्यापक डा. साहित्यकार गोविन्द कोइरालाले ‘सिमाना ‘ कविता सङ्ग्रहको समालोचना गर्नुभएको थियो । तीनवटै कृतिहरूमाथि वक्ताहरूले गहन रूपमा मानवीय संवेदना, सामाजिक यथार्थ, जीवनका विविध आयाम तथा भाषिक सौन्दर्यबारे अभिव्यक्त गर्दै समीक्षात्मक धारणा राख्दै स्रष्टाप्रति बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसै क्रममा

समकालीन साहित्यिक व्यक्तित्व किशोर सुब्बाले ‘ चितामाथिको लास ‘ नाटक मञ्चन धेरै पहिले गरिसकेकोले अरू कृतिहरू जस्तै यो कृति पनि अत्यन्त उत्कृष्ट रहेको जानकारी गराउॅदै साहित्यकार प्रसाईँको सिर्जनात्मक क्षमता र साहित्यिक योगदानको उच्च प्रशंसा गर्नुभएको थियो।

संस्थाका सचिव विष्णुहरि भण्डारीले साहित्यकार कमला प्रसाईँको जीवनवृत्त, साहित्यिक यात्रा तथा सिर्जनात्मक योगदानबारे प्रकाश पार्दै उहाँको नेपाली साहित्यमा रहेको विशिष्ट योगदानको चर्चा गर्नुभएको थियो।

यसै क्रममा

गहन पृथक एवम् बौद्धिक विधामा विगत ३ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यमा अतुलनीय योगदान पुर्याउनु भएको र अझ उच्च सफलता र प्रगतिको हार्दिक शुभकामना सहित अनेसास न्यूयोर्क च्याप्टरद्वारा स्रष्टा कमला प्रसाईंलाई दोसल्ला ओढाउॅदै फूलका गुच्छा र साहित्यिक सम्मान पत्र प्रदान गरेको थियो ।

यसै क्रममा नेपाली भाषा ,साहित्य र सॅस्कृतिलाई अत्यन्त माया गर्दै आएको तारा-किशन फाउन्डेसन सॅस्थाकी संरक्षक तारा धामी र कवि किशन सिंह धामीले स्रष्टा प्रसाईंलाई साहित्यिक ‘मायाको चिनो सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

करिब ९५ भन्दा बढी वरिष्ठ तथा नवोदित साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा अनेसास केन्द्रका प्रतिनिधिहरू तथा बोस्टन , न्यूजर्जी लगायत न्युयोर्क आसपासका साहित्यप्रेमीहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।

स्रष्टालाई वधाई र शुभकामना दिने क्रममा अनेसास केन्द्रका निवर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ , वर्तमान कार्यकारिणी सदस्य शकुन ज्ञवाली
, न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष पूनम काफ्ने , निवर्तमान अध्यक्ष लक्ष्मी श्रेष्ठ , च्याप्टर पूर्व उपाध्यक्ष शान्ता अधिकारी , कोषाध्यक्ष बेदा खरेल , च्याप्टर वर्तमान कारकारिणी सदस्य साहित्यकार शारदा क्षेत्री ,कुन्ति थापा तथा केन्द्रका पूर्व सल्लाहकार राम खत्रीको पनि सहभागिता रहेको थियो।

त्यसैगरी शुभकामना दिने क्रममा बिशेष अतिथि GPK फाउन्डेशनका अध्यक्ष तथा State Assembly District 30 का ( june 23 मा हुन लागेको primary election) उम्मेदवार सोमनाथ घिमिरे हुनुहुन्थ्यो भने जमैका समाजका पूर्व अध्यक्ष तथा लायन्स क्लब क्विन्स बुद्धका पूर्व अध्यक्ष कृष्ण आचार्य बेगम पण्डित , न्युयोर्क सिटी मेयरका सल्लाहकार उर्गेन शेर्पा , हेलो अमेरीकाका संचालक सुमन लिम्बु , अधिकारकर्मी नर्मदा क्षेत्री , UN का वरिष्ठ ब्यक्ति जगदिश उपाध्याय , श्रष्टा कमला प्रसाईंका सुपुत्र कविन विक्रम शाह लेखक पासाङ् शेर्पा, सर्जक पुरूषोत्तम बज्गाईं , , पूनम पाण्डे ,जीवन तिमिलसना लगायत थुप्रै पत्रकार , समाजसेवीहरूको उपस्थिति रहेको रहेको थियो । यसै क्रममा कृतिको लागि बेल्जियमका साहित्यकार बिमल गिरी र अनेसास केन्द्रका पूर्व सचिव हरि मानन्धर को शुभकाना पनि पढेर सुनाईएको थियो । अन्तिममा समाजका गन्यमान्य ब्यक्तित्वहरुको उपस्थिति रहेको यो समारोह दिउँसोको लन्च सहित अनि रातीको रात्रीभोज सकेर समापन भएको थियो।

समाचार :-

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
न्यूयोर्क च्याप्टर
अमेरिका

प्रतिक्रिया