क्यानडाको ऐतिहासिक फड्को: विश्वकप भकुण्डोको इतिहासमै पहिलो पटक जोड्यो अङ्क

क्यानडाले बोस्नियालाई बराबरीमा रोक्यो ,हारको सिलसिला तोडियो

इनेप्लिज २०८३ जेठ २९ गते २१:२० मा प्रकाशित

क्यानडाले पुरुष भकुण्डो विश्वकपको इतिहासमा पहिलो पटक ऐतिहासिक अङ्क जोड्न सफल भएको छ। बोस्निया–हर्जगोभिना विरुद्धको रोमान्चक खेल १–१ को बराबरीमा सकिएपछि क्यानडाले यो उपलब्धि पाएको हो।

यसअघि सन् १९८६ र २०२२ को विश्वकपमा क्यानडाले आफ्ना सबै खेल हारेको थियो। तर, आफ्नै देशमा भएको यो पहिलो विश्वकप खेलमा क्यानडाले उत्कृष्ट पुनरागमन गर्‍यो। सन् २०१० मा दक्षिण अफ्रिकापछि आफ्नो पहिलो खेल बराबरी खेल्ने क्यानडा पहिलो आयोजक राष्ट्र समेत बनेको छ।

खेलको पहिलो मध्यान्तरमा बोस्नियाका जोभो लुकिचले कुने लात्ती प्रहार (कर्नर किक)को सदुपयोग गर्दै टाउको (हेड)मार्फत गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, क्यानडाले हरेश खाएन। दोस्रो मध्यान्तर (हाफ)मा क्यानडाका खेलाडीहरूले गोलका लागि लगातार प्रयास गरिरहे। खेलको अन्तिम समयतिर ओन्टारियोका प्रसिद्ध खेलाडी साइल लारिनले टोलीका लागि बराबरी गोल फर्काए।

लारिनको यो गोलसँगै टोरोन्टो रङ्गशालामा उपस्थित हजारौँ समर्थकहरू खुसीले झुमेका थिए।

खेल सकिएपछि भगोलकिपर कक्रेपोलाई दर्शकहरूले उठेर सम्मान दिएका थिए भने प्रशिक्षक जेसी मार्सले मैदानको बीचमा खेलाडीहरूलाई घेरेर हौसला बढाएका थिए।

जित नभए पनि यो बराबरीले क्यानडालाई १ अङ्क दिलाएको छ, जसले गर्दा उसलाई अर्को चरण (नआउट चरण) मा पुग्न सजिलो हुनेछ। यो अङ्क क्यानडाको कडा मिहिनेतको फल हो।

प्रतिक्रिया