अमेरिकी उदग्र बिमान(हेलिकप्टर)माथि आक्रमणपछि तनाव: इरानविरुद्ध अमेरिकाको ‘जवाफी कारबाही’ सुरु

इनेप्लिज २०८३ जेठ २६ गते २२:५० मा प्रकाशित

अमेरिकी सेनाले इरानविरुद्ध आफ्नो रक्षाका लागि भन्दै ‘जवाफी हमला’ सुरु गरेको छ। अमेरिकाको सैन्य विभाग ‘सेन्ट्रल कमान्ड’ का अनुसार इरानले अमेरिकी सेनाको ‘अपाचे’ उदग्र बिमान (हेलिकप्टर)माथि आक्रमण गरेपछि यो कदम चालिएको हो। यो सैन्य कारबाही अमेरिकी समय अनुसार बेलुकाको ठीक ५ बजे सुरु भएको थियो।

यो घटना ओमानको समुद्र नजिकै भएको हो, जहाँ अमेरिकी सेनाको उदग्र बिमान दुर्घटनाग्रस्त भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त उदग्र बिमान इरानले नै खसालेको आरोप लगाउँदै यसको कडा बदला लिने चेतावनी दिएका थिए । अमेरिकी सेनाले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो आक्रमण इरानको बिनाकारणको उक्साहट र थिचोमिचोविरुद्ध गरिएको एउटा ठूलो जवाफ भएको बताएको छ।

यो कारबाहीको घोषणा भइरहँदा अमेरिकी पत्रकार जोनाथन कार्लले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दूरवार्ता गरि रहेरका थिए । कुरा गर्दै ट्रम्पले भने , “हाम्रो उदग्र बिमान(हेलिकप्टर )खसाल्ने इरानको कदमको कडा जवाफ दिनु एकदमै जरुरी छ, र अहिले हाम्रा सेनाले त्यही गरिरहेका छन्।”

राष्ट्रपति ट्रम्पले अगाडि भने , “म आफ्नो जीवनभरि नै कुनै पनि नराम्रो कामको डटेर सामना गर्ने र बलियो जवाफ दिने कुरामा विश्वास गर्छु। इरानले गएराति हाम्रो उदग्र बिमान (हेलिकप्टर)माथि जे गर्यो, यो हमला त्यसैको नतिजा हो। हाम्रो यो जवाफ निकै शक्तिशाली र प्रभावकारी हुनेछ।”

यो घटनासँगै दुई देशबीचको दुश्मनी र तनाव निकै चर्किएको छ।

प्रतिक्रिया