मेरिल्याण्डकी सभामुखद्धारा भण्डारीलाई सहयोग गर्न अपिल

इनेप्लिज २०८३ जेठ २४ गते १५:४२ मा प्रकाशित

मेरिल्याण्ड , जुन ७

मेरिल्याण्ड राज्यकी सभामुख जस्लिन पेना मेन्लीकले डेलिभेट भण्डारीलाई डोनेशन,स्वयंसेवक या सामाजिक सञ्जाल जेवाट सक्नुहुन्छ सहयोग गर्नुहोस भन्नु भएको छ ।

विहीवार नेपाली मूलका पहिलो डेलिगेट डा ह्यारी भण्डारीको चुनावी अभियानले आयोजना गरेको मिट एण्ड ग्रीट तथा फण्डरेजिङ्ग कार्यक्रमलाई सम्बोधन गर्दे सभामुख जस्लिनले उक्त धारणा राख्नु भएको हो ।

यस पटकको चुनाव चुनौती पूर्ण भएकाले तपाईहरुको सहयोग उहाँलाई अझै आवश्यक छ, मेन्लीकले चुनावमा उमेदवारहरु सधै दवावमा हुने र चुनौतीपूर्ण भएकाले समुदायले सहयोग गर्नुपर्ने वताउनु भयो ।

सभामुख मेन्लीकले भण्डारीले आफनो कार्यकालमा २९ वटा विधयेकहरु पास गराउन सफल हुनुभएकोमा वधाई दिनुभयो । उहाँले भन्नु भयो संसद भित्र डेलिगेट भण्डारी एक अध्ययन शील, लगनशील र विधयेक माथि चिरफार गर्न सक्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ ।

सभामुखले थप्नु भयो उहाँको अध्ययनशीलता,लगनशीलता र विधयेक माथिको टिप्पणी असाध्यै उत्कृष्ठ रहेको छ तसर्थ तपाईहरुले एक असल विधायकलाई जीत सुनिश्चित गराउन हरेक तरिकाले सहयोग गर्न म अनुरोध गर्दछु ।

कार्यक्रममा डेलिगेट डा भण्डारीले समुदायको हीतको लागि सदैव अग्र पंक्तिमा खटिदै आएको वताउनु भयो । उहाँले भन्नु भयो तपाईहरुले दिनु हुने समय,डोनेशन र प्रचारका कार्यहरु सदैव मेरो लागि उत्प्रेरक हुन् ।

डेलिगेट भण्डारीले नेपाली अमेरिकनहरुले स्थापना गरेका विभिन्न गैर नाफा मुलक संस्थाहरुलाई एक मिलियन डलर भन्दा वढी रकम सरकारी कोषवाट दिलाउन सफल भैसक्नु भएको छ । उहाँ र उहाँको टिमको समन्वयमा आफनो निर्वाचन क्षेत्रका विद्यालय सुधार , सामुदायिक भवनहरुको पुर्ननिर्माण, नयाँ विद्यालय भवनको निर्माण जस्ता अनेकन कार्यक्रमहरुमा लाखौ डलर विनियोजन गराउन सफल हुनु भएको छ ।

उहाँले दोश्रो पुस्ताका विद्यार्थीहरुको वृति विकासको लागि छात्रवृत्ति, समर ईर्टन मार्फत सरकार सञ्चालन,संसदीय मामिला तथा राजनीतिमा सहभागिताको लागि सयौ विद्यार्थीहरुलाई सहयोग गर्दे आउनु भएको छ ।

भण्डारीले यस पटक तेश्रो कार्यकालको लागि मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट उमेदवारी दिनु भएको छ । निर्वाचन आयोगको तालिका अनुसार जुन देखि ज्ञ्९ सम्म अर्लि भोटिङ्ग रहेको छ भने प्राईमेरी निर्वाचन जुन २३ तारिखको दिन हुँदैंछ ।

निर्वाचनमा प्रशासनिक खर्च, मेलर खर्च जस्ता अनेकन प्रक्रियाले खर्चिलो हुदै गएकाले भण्डारीलाई आर्थिक, भौतिक रूपमा सहयोग गर्न फ्रेण्डस अफ हयारीले अपिल समेत गरेको छ । पछिल्ला वर्षहरुमा खर्चिलो बन्दै गएको निर्वाचनमा तपाईहरुले गर्ने एक डलर पनि निर्वाचनको लागि महत्वपूर्ण हुनेछ फ्रेण्डस अफ हयारीका क्याम्पेन म्यानेजर केन स्यामिएलले भन्नु भयो ।

प्रतिक्रिया