अमेरिकाको ओहायोमा नेपाली मूलका व्यक्ति पक्राउ: घरेलु हिंसाको गम्भीर आरोप

अदालतको फैसला अघि नै दोषी भन्न मिल्दैन

इनेप्लिज २०८३ जेठ २४ गते २:०० मा प्रकाशित

अमेरिकाको ओहायो राज्यस्थित ‘लिकिङ काउन्टी’ कारागारमा एकजना ३८ वर्षीय व्यक्तिलाई थुनामा राखिएको छ। ‘लिकिङ काउन्टी’ का अनुसार पक्राउ पर्ने व्यक्तिको विज्ञान भट्टराई भएको उल्लेख गरेको छ । काउन्टीका अनुसार उनलाई सन् २०२६, जुन ५ तारिखका दिन बिहानको ९:५४ बजे जेल चलान गरिएको हो।

विज्ञान भट्टराईमाथि मुख्य गरी दुईवटा कानुनी अपराधको आरोप लगाईएको छ । पहिलो घरेलु हिंसा र दोश्रो धम्की दिने कार्य रहेका छन् ।

उनलाई ‘आर.वाई.पी.डी.’ नामक स्थानीय प्रहरी निकायले पक्राउ गरेको हो। हाल उनलाई जेलको एमओडि सि सि५ , ओछ्यान ४ भनिने कोठामा राखिएको छ। उनी कारागारबाट कहिले छुट्छन् भन्ने कुरा अझै तय भएको छैन

महत्त्वपूर्ण कानुनी नियम:

कानुनको एउटा नियम के छ भने, प्रहरीले पक्राउ गर्दै मा कोही पनि व्यक्ति तुरुन्तै दोषी ठहरिँदैन। अदालतले प्रमाणहरू हेरेर ‘दोषी’ प्रमाणित नगरेसम्म कानुनको नजरमा ती व्यक्तिलाई निर्दोष नै मानिन्छ। विज्ञान भट्टराईको हकमा पनि अदालतको अन्तिम फैसला आउन बाँकी नै छ।

पक्राउ परेका प्रमाणहरु

:https://www.facebook.com/people/Licking-County-Lockups/61590432114319/?

https://apps.lickingcounty.gov/sheriff/InmateList/#main

प्रतिक्रिया