
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र सशस्त्र समूह हेजबुल्लाहबिचको लडाइँ कम गर्न दुवै पक्ष सहमत भएको बताएका छन्।
ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुराकानी गरेपछि र मध्यस्थकर्ताहरू (तेस्रो पक्ष) मार्फत हेजबुल्लाहसॅग संवाद गरेपछि यो कुरा सार्वजनिक गरेका हुन्।
यो घोषणा हुनुअघि इजरायली सेना लेबनानको निकै भित्री भागसम्म पुगेको थियो, जुन पछिल्लो २५ वर्षयताकै सबैभन्दा ठुलो सैन्य कदम थियो।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै अब इजरायली सेना लेबनानको राजधानी बेरुततर्फ नबढ्ने र त्यसतर्फ जाँदै गरेका सेनाहरू पनि फिर्ता भइसकेको बताएका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार हेजबुल्लाहले पनि “सबै प्रकारका गोलीबारीहरू रोक्न” सहमति जनाएको छ।
सम्झौता अनुसार इजरायलले हेजबुल्लाहमाथी आक्रमण गर्ने छैन र हिजबुल्लाहले पनि इजरायलमाथि हमला गर्ने छैन।
तर, ट्रम्पले यो खुसीको खबर सार्वजनिक गरेको केही मिनेटमै अवस्था फेरि बिग्रियो। इजरायलले लेबनानको तर्फबाट आफ्नो देशतर्फ क्षेप्यास्त्र(मिसाइल)हरु प्रहार भएको पत्ता लगायो।
यस लगत्तै इजरायल सरकारले उत्तरी क्षेत्रमा बस्ने आफ्ना नागरिकहरूलाई सुरक्षित ठाउँमा लुक्न चेतावनी दिएको छ।
यसले गर्दा भर्खरै हुन लागेको भनिएको शान्ति सम्झौता अहिले फेरि अन्योलमा परेको छ।
प्रतिक्रिया