राजीनामाको हल्ला झूटो: काममै व्यस्त छन् इरानी राष्ट्रपति

इनेप्लिज २०८३ जेठ १८ गते ०:१४ मा प्रकाशित

केही विदेशी सञ्चारमाध्यमहरूले इरानी राष्ट्रपति मसूद पेज़ेश्कियानले आफ्नो पदबाट राजीनामा दिएको खबर छापेपछि अन्तर्राष्ट्रिय राजनीतिमा एकाएक खलबल मच्चियो। ती संचारमाध्यमका अनुसार देशको सेना (आइआरजिसी ) को दबाबका कारण उनले राजीनामा बुझाएका थिए।

तर, इरान सरकारले यो समाचारलाई पूर्ण रूपमा ‘झूटो हल्ला’ र संचार माध्यमको खेल भन्दै खण्डन गरेको छ। राष्ट्रपतिका सल्लाहकारहरूका अनुसार राष्ट्रपति पेज़ेश्कियान कतै जाने छैनन् र उनले राजीनामा दिने सोचसमेत बनाएका छैनन्।

अहिले राष्ट्रपति आफ्नो नियमित काममा व्यस्त छन् र उनले देशको एकताका लागि अन्तिम श्वास रहेसम्म डटेर लड्ने प्रतिज्ञा गरेका छन्।

यो हल्लाले इरानमा भ्रम फैलाउने विपक्षीहरूको प्रयास असफल भएको सरकारी अधिकारीहरूको भनाइ छ। त्यसैले, राष्ट्रपतिले पद छोडेका छैनन् र उनी देश सम्हाल्न मैदानमै छन्।

इरानी राष्ट्रपति मसूद पेज़ेश्कियानले जबसम्म मेरो शरीरमा प्राण रहन्छ, म आफ्नो काममा निरन्तर लागिरहने बताए । उनले अगाडी भने हामी कि त यो मैदानलाई शक्तिका साथ सम्हाल्नेछौं, कि त देशका लागि सहिद बन्नेछौं।

प्रतिक्रिया