शिकागोमा चिकित्सकहरुको  एएनएमएफको ३०औँ औपचारिक ऐतिहासिक सम्मेलन सुरु

इनेप्लिज २०८३ जेठ १६ गते १४:१२ मा प्रकाशित

शिकागो, अमेरिका। अमेरिकामा कार्यरत नेपाली चिकित्सकहरूको प्रतिष्ठित संस्था ‘अमेरिका नेपाल मेडिकल फाउन्डेसन’ (एएनएमए)को ३०औँ वार्षिक साधारण सभा औपचारिक रुपमा सुरु भएको छ ।

मे २९ देखि ३१ सम्म शिकागोको ‘द वेस्टिन शिकागो नर्थ शोर’ अतिथीगृहमा भव्य रूपमा सुरु भै रहेको छ ।

सम्मेलनमा भाग लिन नेपाल लगायत अमेरिकाका विभिन्न राज्यहरूबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा अतिथिहरूले सहभागी जनाएका छन् ।

सम्मेलनमा चिकित्सा छलफलका साथै पेशा नै स्वास्थ्य क्षेत्रमा रहेकोले स्वास्थ्य र आरोग्य( वेलनस)लाई उच्च प्राथमिकता दिदै खेलकुदमा भकुन्डो र गल्फ खेलकूदको पनि गत शुक्रवार आयोजना गरियो ।

साथै साझमा केही सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो  । शनिबार मे ३० का दिनमुख्य कार्यक्रम रहेकोले सम्मेलनको उदघाटन पानसमा बत्ति बालि गरियो । चिकित्सक गौरी शॅकर अधिकारीले पानसमा बत्ति बालि कार्यक्रमको उदघाटन गरे ।

चिकित्सक तथा वरिष्ठ उपसभापति नारायण न्यौपानेले स्वागत मन्तव्य राख्दै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश पढेर सुनाए ।

यसै गरि अध्यक्ष चिकित्सक विष्णु सापकोटाले आफ्नो कार्यकालमा भएका गतिविघि तथा विशेष प्रगतिहरुमा प्रकाश पारेका छन् ।

यसै गरि कोषाध्यक्ष कल्पना श्रेष्ठ र महासचिव चिकित्सक नविन कैनीले प्रतिवेदन प्रस्तुत गरे ।

आज सॅाझ नेपालका स्वास्थ्य परियोजनाका लागि ‘फन्ड रेजिङ’ (कोष वृद्धि) कार्यक्रम गरिनेछ। 

सम्मेलनमा युवा मन्च , प्रचार सामाग्री र बाल वादविवादका साथै डा. जीवन लामिछाने, डा. रामु खरेल, डा. किरण सापकोटा र डा. शैलेन्द्र शर्मा लगायतका दिग्गज विशेषज्ञहरूले जनस्वास्थ्यका विषयमा छलफल चलाउने कार्यक्रम रहेका छन् ।

सन् १९९७ देखि सुरु भएको एएनएमएफले नेपालमा महाभूकम्प र कोभिड महामारीका बेला ढाल बनेर काम गरेको थियो। 

हालसम्म ३०० भन्दा बढी परियोजनामार्फत यसले नेपालका गाउँ-गाउँमा अस्पताल निर्माण र दूरचिकित्सका  सेवा पुर्‍याएको छ। विभिन्न वक्ताहरुको प्रस्तुती जारी रहेको छ ।

प्रतिक्रिया