
इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ठूलो आरोप लगाएका छन्।
शनिबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ मा एउटा सन्देश लेख्दै उनले राष्ट्रपति ट्रम्पले कूटनीति (राजनीतिक संवाद) लाई धोका दिइरहेको बताएका हुन्।
सल्लाहकार रेजाईले भनेका छन्, “हामीले सोचेजस्तै अमेरिकी राष्ट्रपतिले तेस्रो पटक कूटनीतिको अपमान गरेका छन्।”
उनका अनुसार अमेरिकाले इरानको समुद्री मार्ग बन्द गर्ने कार्य लाई निरन्तरता दिएको छ र वार्ताका क्रममा धेरै ठुला मागहरू अघि सारेको छ।
इरानको भनाइ अनुसार अमेरिकाको यस्तो व्यवहारले ऊ शान्तिपूर्ण रूपमा वार्ता गर्न इच्छुक छैन भन्ने कुरा फेरि प्रमाणित भएको छ।
अमेरिकाले वार्ताको नाटक गरेर पर्दापछाडि अर्कै स्वार्थ पूरा गर्न खोजिरहेको आरोप इरानले लगाएको छ। यो तनावले गर्दा दुई देशबीचको सम्बन्ध थप बिग्रन सक्ने देखिएको छ।
प्रतिक्रिया