ब्लड डोनर्स अफ अमेरिकाको दोस्रो बार्षीक सधारण सभा सम्पन्न!

इनेप्लिज २०८३ जेठ १४ गते २१:३१ मा प्रकाशित

समाचार दाता।

यही मे महिनाको २५ तारिख २०२६ , ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को दोस्रो साधारण सभा तीन बुँदे घोषाणा पत्र पास गर्दै भब्य रुपमा सम्पन्न भएको छ।

नेपाली घर, कोलोराडोमा सम्पन्न उक्त समारोहमा पहिलो सत्र उदघाटन समारोह भएको थियो। कार्यक्रम बिडिएका अध्यक्ष महेश्वर पन्तको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथिको रुपमा समाजसेवी, हेल्पिङ्ग हेन्डका संस्थापक नारायण श्रेष्ठ उपस्थित थिए। विशेष अतिथिहरुमा समाजसेवी तथा लामो समय देखी अमेरिकामा हुनु हुने ईन्जिनियर रोहिणी शर्मा, सल्लाहाकार तथा पूर्व अध्यक्ष डा. नन्द रेग्मी, सल्लाहाकार तथा अनेसास बिओटी सभापति पदम विश्वकर्मा, सल्लाहाकार तथा निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठ, रेसम घर्ती, शिव काफ्ले, बिडिए एक्जुकेटिभ भाईस प्रेसिडेन्ट टिका पौडेल, भाईस प्रेसिडेन्टहरु बिरोचन नेपाल, विजयदेव अधिकारी, लिला श्रेष्ठ, झमक निरौला, महासचिव सतिशचन्द्र गुप्ता, सह-कोषाध्यक्ष गंगा थापा, केन्द्रिय सदस्य थानिरत्न कांडेल थिए।

पानसमा बत्ति बालेर सुरु गरिएको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी नारायण श्रेष्ठले बिडिएले गरेको काम सन्सारकै सामाजिक काम मध्यको सबै भन्दा पवित्र हो र यस्ता पबित्र, बिना लोभ मान्छेहरुको ज्यान जोगाउने र समाजमा राम्रो काम गर्नेहरुको लागि पुरस्कार गठन गर्नु पर्ने, भनेका थिए। उक्त पुरस्कारको लागि आफूले वर्षको एक हज्जार डलर बिडिएलाई प्रदान गर्ने घोषणा समेत गरेका थिए।

उक्त घोषणालाई प्रशंसा गर्दै अध्यक्ष महेश्वर पन्तले तीन बुँदे घोषणा पत्र पेस गरेका थिए। पहिलो- बिडिएको आजीवन सदस्यको संख्या थप गरि अर्को वर्षको साधारण सभा सम्ममा पच्चिस सय पुर्याउने (साधारण सदस्यको रकम घरको पहिलो ब्यक्ति भ ए एक सय डलर र परिवारको एक सदस्य थप गर्दा दुई सदस्यको जम्मा एकसय पचास मात्र लाग्ने छ)। दुस्रो- संस्थाले गठन गरेका स्टेट समितिहरुलाई थप गर्दै थप दश स्टेटहरुमा भढाउन पहल गर्ने। तेस्रो- सदस्यताहरुमा उच्च सम्मानित र बिडिएलाई अत्यधिक सहयोग गर्नेहरुको समुहलाई जोड्न पाईनियर प्रकारको एक सदस्यता बिधानमा थप्ने।

सभाले उक्त प्रस्तावलाई सर्व सम्मत पास गर्दै बिडिए बोर्ड अफ ट्रस्टिजको प्रावधान रहने प्रस्तावलाई समेत सर्व सम्मतले पास गरेको थियो।

समाजसेवी तथा थुप्रै सघंसंस्थाहरुलाई माया गर्ने मनकारी रोहिणी शर्माले आफू धेरै पहिला देखी बिडिएमा लागेको र यो संस्थाको काम सबै संस्थाको भन्दा प्रसम्सनिय छ भन्दै आफू अब सकेको सकृय भएर संस्थालाई सहयोग गर्ने कुराको प्रत्याभूत गरे। समाजमा बसेर प्रत्यक्ष मान्छेको जीवन बचाउने काम भगवानले गरेको काम जस्तै हो, भन्दै उनले आफ्नो पनि यसमा समय खर्चियौँ भन्ने चहाना छ, भने।

अनेसास बिओटी सभापति तथा बडिए सल्लाहाकार पदम विश्वकर्माले अनेसास र बिडिए जोडिएर काम गरि रहेको र आगामी दिनहरुमा पन्तजी मार्फत अझ राम्रो सहकार्य हुने छ र केही सहकार्य निकट भविस्यमा होस् भनेका थिए।

बिडिएको बारे छोटो परिचय सहित उदघाटन सत्रलाई सम्बोधन गर्दै बर्तमान सल्लाहाकार तथा पूर्व अध्यक्ष डा. नन्द रेग्मीले सबैलाई यो संस्थासगं जोडिन आव्हान गरेका थिए।

उद्घाटन सभामा अनेसासका कलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारी, नेपाली घरका कार्यवाहक अध्यक्ष बिकास त्रिपाठी, अर्जुन बगाले, एनआरएन कोलोराडोका अध्यक्ष निमा सेर्पा, भुवन श्रेष्ठ लगायतले शुभकामना दिएका थिए।

कार्यक्रमको दोस्रो चरणमा कोषाध्क्षको वार्षिक रिपोर्ट, सचिवालएको रिपोर्ट लगायत च्याप्टर अध्यक्षहरु, क्षेत्रिय उपाध्यक्षहरुले आ-आफ्नो क्षेत्रको रक्तदान र संस्थाको अवस्था बारे कार्यपत्र पेस गरेका थिए। सभामा उपस्थित हुन नसकेका अध्यक्षहरु न्यूयोर्क- कृष्ण आचार्य, फ्लोरिडा तेज कार्की, म्यासाचुसेट्स राम थापा, न्यूहेम्पसार टीम, सचिव तारा खराल नेउपानेहरुले भिडियो प्रविधी मार्फत शुभकामना तथा आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए।

कार्यक्रममा कार्यक्रम समंयोजक तथा बिडिए कोलोराडो स्टेट कमिटिका अध्यक्ष नवराज मरासिनीले स्वागत मन्तव्य राखेका थिए भने सिनियर (एक्जुकेटिभ) उपाध्यक्ष टिका पौडेलले धन्यवाद ज्ञापन गरेका थिए। उक्त कार्यक्रमको संचालन पूर्व कोषाध्यक्ष श्रीराम लईटेलले गरेका थिए।

प्रतिक्रिया