पाकिस्तानी प्रधानमन्त्री सरिफद्वारा ट्रम्पको प्रशंसा: इरानसँगको शान्ति प्रयासलाई भने ‘असाधारण’

इनेप्लिज २०८३ जेठ १० गते १०:४६ मा प्रकाशित

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष प्रशंसा गरेका छन्। इरानसँगको सम्बन्ध सुधार्न र शान्ति स्थापना गर्न ट्रम्पले चालेको “असाधारण कदम” को स्वागत गर्दै प्रधानमन्त्री सरिफले उनलाई बधाई दिएका हुन्।

आइतबार सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एउटा सन्देश लेख्दै सरिफले यस सम्बन्धी अर्को चरणको शान्ति वार्ता चाँडै नै पाकिस्तानमा आयोजना गर्ने इच्छा समेत व्यक्त गरे।

प्रधानमन्त्री सरिफका अनुसार राष्ट्रपति ट्रम्पले आइतबार संसारका महत्त्वपूर्ण मुस्लिम(मुसलमान) देशका नेताहरूसँग फोन(दूरभाष )मा निकै फलदायी कुराकानी गरेका छन्। उक्त सामूहिक दूरवार्तामा साउदी अरब, कतार, टर्की, इजिप्ट, संयुक्त अरब इमिरेट्स (यूएई), जोर्डन र पाकिस्तानका शीर्ष नेताहरू सहभागी थिए।

यो छलफल कति महत्त्वपूर्ण थियो भने यसमा पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्सल(प्रधान सेनापति भन्दा पनि माथिल्लो विशेष दर्ज) सैयद असिम मुनिरले पनि भाग लिएका थिए। एबिसीन्यूजका अनुसार सेना र सरकार दुवै मिलेर यो शान्ति प्रक्रियालाई अगाडि बढाउन चाहेको यसबाट देखिन्छ।

प्रधानमन्त्री सरिफले विश्व राजनीतिमा शान्ति स्थापना गर्न पाकिस्तानले सधैँ इमानदारिताका साथ आफ्नो प्रयास जारी राख्ने प्रतिबद्धता जनाएका छन्। अमेरिका र खाडी क्षेत्रका देशहरू मिलेर इरानसँगको तनाव कम गर्न खोजिरहेका बेला पाकिस्तानले पनि यसमा ठूलो चासो र सहयोग देखाएको छ।

प्रतिक्रिया