ह्वाइट हाउस नजिकै गोलीकाण्ड: दुई जना गम्भीर घाइते, राष्ट्रपति ट्रम्प सुरक्षित

इनेप्लिज २०८३ जेठ ९ गते २३:५८ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ नजिकै शनिबार एक गोलीकाण्ड भएको छ। सुरक्षाको जिम्मा पाएको अमेरिकी गुप्तचर विभागका गुप्तचरहरुले ह्वाइट हाउस नजिकै एक शङ्कास्पद व्यक्तिमाथि गोली चलाएका छन्।

सोही क्रममा त्यहाँ गुडिरहेका वा बाटो हिंडिरहेका एक सर्वसाधारण (बाइस्ट्यान्डर) लाई पनि गोली लागेको छ। गोली लागेका दुवै जनाको अवस्था निकै गम्भीर (क्रिटिकल) रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्।

यो घटना घट्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस भित्रै थिए , तर उनि पूर्ण रूपमा सुरक्षित रहेको एपिले जनाएको छ ।

गोली चलेको आवाज सुनेपछि ह्नाइट हाउसमा काम गरिरहेका पत्रकारहरूमाझ भागाभाग भएको थियो। 

सुरक्षाकर्मीहरूले तुरुन्तै सबै पत्रकारहरूलाई सुरक्षित रहनका लागि मिडिया ब्रिफिङ हल पत्रकारहरुको कक्ष) भित्र बस्न निर्देशन दिएका थिए।

वाइट हाउसबाट मात्र एक भवन समूह टाढा रहेको १७ औं स्ट्रिट (गल्ली ) र पेन्सिलभेनिया मार्ग(एभिन्यु )नजिकै यो घटना भएको हो। 

अमेरिकी अनुसन्धान ब्युरोका निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत आफ्ना अधिकारीहरू घटनास्थलमा खटिएको र थप विवरण चाँडै सार्वजनिक गर्ने बताएका छन् ।

एबीसी न्युजकी वरिष्ठ पत्रकार सेलिना वाङले घटनाको श्रव्यदृश्य(भिडियो )सामाजिक सञ्जालमा साझा गर्दै आफूले दर्जनौं पटक गोली चलेको आवाज सुनेको र ज्यान जोगाउन लुक्नुपरेको बताएकी छिन्। 

उनी त्यतिबेला ह्वाइट हाउस बाहिर उभिएर घुम्तीयन्न्त्रबाट आफ्नो श्रव्यदृश्य(भिडियो )खिचिरहेकी थिइन्।

 प्रहरीले अहिले यस घटनाको गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया