
बेलायतका राजा चार्ल्स र रानी क्यामिला अमेरिकाको चार दिने राजकीय भ्रमणका लागि वासिङ्टन डिसी पुगेका छन्। ह्वाइट हाउस आइपुग्दा उनीहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले भब्य स्वागत गरेका छन् ।
भवनभित्र प्रवेश गर्नुअघि चारै जनाले सञ्चारमाध्यमका लागि तस्बिर खिचाएका थिए। सो क्रममा राजा चार्ल्स र राष्ट्रपति ट्रम्पबीच निकै सौहार्दपूर्ण कुराकानी भएको देखिन्थ्यो। स्वागतपछि राष्ट्रपति र प्रथम महिलाले शाही दम्पतीका लागि निजी चियापानको आयोजना गरे । यस भ्रमणको मुख्य आकर्षणको रूपमा पछि एउटा ‘गार्डेन पार्टी’ (बगैँचा उत्सव) पनि आयोजना गरिँदैछ।

यस भ्रमणलाई कुटनैतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ। वासिङ्टनस्थित शाही संवाददाताका अनुसार, राजा चार्ल्सको शासनकालकै यो सबैभन्दा ठूलो र चुनौतीपूर्ण कुटनैतिक भ्रमण हो।
शाही पाहुनाहरूको स्वागतमा आयोजना हुने गार्डेन पार्टीका लागि करिब ३,००० वटा स्यान्डविचहरू तयार पारिएका छन्। यस कार्यक्रममा करिब ६५० जना विशिष्ट अतिथिहरू सहभागी हुनेछन्।

बेलायती दूतावासका मुख्य भान्से (हेड सेफ) क्रेग हार्डेनका अनुसार यसपटकको खाजामा विशेष बेलायती ‘बिफ’ (गाईको मासु) प्रयोग गरिएको छ। अमेरिकाले हालै बेलायती बिफमा लाग्ने कर (ट्यारिफ) हटाएपछि पहिलोपटक यसलाई विशेष परिकारमा समावेश गरिएको हो।
प्रतिक्रिया