बालेन सरकारको ऐतिहासिक १०० दिन: माफिया र बिचौलिया राजको अन्त्य, भ्रष्टाचारी झ्यालखानाभित्र

नेपालभित्र र बाहिर रहेका नेपालीमा छायो अभूतपूर्व उत्साहसुशासनको नयाँ युगमा हिँड्यो देश

इनेप्लिज २०८३ असार १९ गते १२:०६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी(दल)का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा गठित दुई तिहाइ बहुमतको वर्तमान सरकारले आफ्नो कार्यकालको पहिलो लगभग १०० दिनमै मुलुकमा सुशासनको ऐतिहासिक शङ्खघोष गरेको छ।

कानुनी शासन, प्रशासनिक सुधार र ‘बिचौलिया’ राजको समूल अन्त्यका लागि चालिएका साहसिक कदमले अहिले नेपालभित्र र संसारभर छरिएर रहेका लाखौँ नेपालीमा उत्साह, भरोसा र खुसीको नयाँ लहर ल्याएको छ।

सरकारले आफ्नो पहिलो प्राथमिकता नै भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ र आर्थिक पुनरुत्थानलाई बनाएको छ। सरकार गठनलगत्तै सुरु भएको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ र वर्षौँदेखि अड्किएका मिसिल(फाइल)हरू एकै झट्कामा फछ्र्योट गर्ने उद्देश्यले सञ्चालित ‘शून्य फाइल सप्ताह’ जस्ता अभियानले जनतामा नयाँ आशा जगाएका छन्।

अहिले राजनीतिक संरक्षणमा वर्षौँदेखि गुपचुप राखिएका ठुला-ठुला ‘काण्ड’का मिसिल(फाइल)हरू धमाधम खुल्न थालेका छन्। २०५८ सालको नारायणहिटी राजदरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने गृहमन्त्री सुधन गुरुङको उद्घोषले न्यायप्रेमी नेपालीलाई उत्साहित बनाएको छ। यस्तै, स्मार्ट टेलिकमको सम्पत्ति हिनामिना, ठेक्का विवरण हेरफेर र ‘फेक रेस्क्यु’ किर्ते उद्धार जस्ता घोटालामा संलग्न उच्चपदस्थ व्यक्तिहरू पक्राउ परेका छन्।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् भने तत्कालीन अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि समेत फौजदारी कसुरमा अनुसन्धान जारी छ।

यो सरकारले इतिहासमै पहिलो पटक चुनावी कार्यसूचीलाई व्यवहारमा उतार्दै २०४८ सालपछिका पूर्वविशिष्ट पदाधिकारी, प्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिनलाई तीब्र पारेको छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित सम्पत्ति छानबिन आयोगमा ११ हजारभन्दा बढीले सम्पत्ति विवरण बुझाइसकेका छन् भने सार्वजनिक पद धारण गरेका व्यक्तिहरूविरुद्ध १ हजारभन्दा बढी उजुरी परिसकेका छन्।

अनुकरणीय कुरा त के छ भने, स्वयं गृहमन्त्री गुरुङले आफ्नो सम्पत्तिमाथि प्रश्न उठ्दा तत्काल राजीनामा दिएर छानबिन समितिमा आफूलाई पेस गरे । समितिबाट निर्दोष साबित भएपछि उनि पुनः नियुक्त हुनुभएको छ। यसले जेन्जी युवाहरूको भावना र निष्पक्षताको उच्च उदाहरण पेस गरेको छ।

बालेन सरकारको यो १०० दिने शासकीय सुधार र दृढताले देशमा नयाँ परिवर्तनको बीजारोपण गरेको छ, जसको स्वागत संसारभरिका नेपालीले गर्वका साथ गरिरहेका छन्।

प्रतिक्रिया