
नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट जारी जनसम्पर्क समितिसम्बन्धी परिपत्रअनुसार नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशन तयारी समितिको पूर्ण बैठकले सर्वसम्मत रूपमा आगामी अगस्ट १४, १५ र १६, २०२६ मा नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।
जननायक बीपी कोइरालाको परिकल्पनामा स्थापित नेपाली जनसम्पर्क समितिहरू आज विश्वका विभिन्न मुलुकमा क्रियाशील छन्। लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध रहँदै नेपाली कांग्रेसको संगठनलाई अमेरिकामा अझ सुदृढ, प्रभावकारी र गतिशील बनाउने उद्देश्यका साथ आयोजना हुन लागेको यस अधिवेशनलाई व्यवस्थित, भव्य तथा सफलतापूर्वक सम्पन्न गर्न आवश्यक विभिन्न समिति तथा उपसमितिहरू गठन गर्ने निर्णयसमेत गरिएको छ। अधिवेशन तयारी समितिले सम्पूर्ण तयारीका कार्यहरू निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यस ऐतिहासिक अधिवेशनमा सक्रिय र उत्साहजनक सहभागिताका लागि नेपाली कांग्रेसप्रति आस्था, विश्वास र प्रतिबद्धता राख्ने अमेरिका निवासी सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा प्रतिनिधिहरूलाई नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशन तयारी समितिले हार्दिक आह्वान गरेको छ।
प्रतिक्रिया