मोरक्कोको ऐतिहासिक जित: क्यानडालाई ३-० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश

इनेप्लिज २०८३ असार २० गते १९:२३ मा प्रकाशित

जुलाई ४, २०२६ को दिन  ह्युस्टन  रॅगशाला(स्टेडियम)मा  भएको फिफा विश्वकप भकुन्डोको रोमाञ्चक ‘राउन्ड अफ १६’ शीर्ष १६ औ खेलमा मोरक्कोले सह-आयोजक क्यानडालाई ३-० गोलले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। 

निकै प्रतिस्पर्धात्मक देखिएको यो खेलमा मोरक्कोले आफ्नो उत्कृष्ट रणनीति र आक्रामक खेल प्रदर्शन गर्दै क्यानडालाई घर फर्काएको हो।

खेलको मध्यान्तर अघि दुवै टोली निकै सावधानीपूर्वक खेलेका थिए, जसले गर्दा कुनै गोल भएन। तर मध्यान्तर पछि खेलले गति लियो। 

खेलको ५०औँ मिनेटमा मोरक्कोका मध्यपॅक्तिको खेलाडी अजजेद्दिन ओनाहीले सुन्दर गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। क्यानडाका गोलकिपर म्याक्सिम क्रेप्युले प्रयास गरे पनि ओनाहीको लो-शटलाई रोक्न सकेनन्।

खेलको ८२औँ मिनेटमा पुनः ओनाहीले नै अर्को उत्कृष्ट गोल गर्दै आफ्नो व्यक्तिगत ‘ब्रेस’ (दुई गोल) पूरा गरे। क्यानडाले खेलमा फर्किने प्रयास गरे पनि मोरक्कोको बलियो रक्षापंक्तिले उनीहरूलाई कुनै मौका दिएन। 

खेलको अन्तिम समय अर्थात् ९०+८ मिनेटमा सोफियान राहिमीले तेस्रो गोल थप्दै मोरक्कोको जितलाई थप सुनिश्चित गरे। यो हारसँगै क्यानडाको यस विश्वकपको ऐतिहासिक यात्रा यहीँ टुंगिएको छ। 

अर्कोतर्फ, मोरक्को अब क्वार्टरफाइनलमा फ्रान्स र पाराग्वेबीचको विजेतासँग भिड्नेछ। आफ्नो उत्कृष्ट लयमा रहेको मोरक्कोले यस जितसँगै विश्वकपको उपाधि दाबेदारको रूपमा आफूलाई थप बलियो बनाएको छ। 

प्रतिक्रिया