टेलर स्विफ्ट र ट्राभिस केल्सेको विवाहका लागि न्यूयोर्कमा विशेष सुरक्षा, सडकहरू बन्द हुने

म्याडिसन स्क्वायर बगैचामा भव्य विवाहको तयारी, हजारसम्म पाहुना सहभागी हुने

इनेप्लिज २०८३ असार १९ गते ११:२४ मा प्रकाशित

विश्वप्रसिद्ध गायिका टेलर स्विफ्ट र अमेरिकी फुटबल (हाते भकुण्डो )खेलाडी ट्राभिस केल्सेको विवाहका लागि न्यूयोर्क शहरमा विशेष तयारी गरिएको छ। अमेरिकी समाचार संस्था एपीले प्राप्त गरेको नगर अनुमति (परमिट) अनुसार मुख्य विवाह समारोह शुक्रबार साँझ ५ बजेदेखि सुरु भएर शनिबार बिहान ४ बजेसम्म चल्न सक्ने उल्लेख गरिएको छ।

विवाह न्यूयोर्कको प्रसिद्ध म्याडिसन स्क्वायर गार्डेनमा आयोजना हुनेछ। समारोहमा करिब १,००० पाहुनालाई सहभागी गराउने योजना छ। गत बिहीबार साँझ भने करिब १०० विशेष पाहुनाका लागि रिहर्सल डिनर अर्थात् “विवाहपूर्वको रात्रिभोज” तथा सानो स्वागत कार्यक्रम आयोजना गरिएको छ।

विवाहका कारण म्यानह्याटनका केही मुख्य सडकहरू शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिनेछन्। सवारीसाधनको आवागमनमा रोक लगाइनेछ भने पैदल यात्रुका लागि पनि केही क्षेत्रमा आंशिक प्रतिबन्ध रहनेछ। अमेरिकाको सबैभन्दा व्यस्त रेल केन्द्रमध्ये एक पेन स्टेसनप्रयोग गर्ने यात्रुलाई वैकल्पिक प्रवेशद्वार प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

यद्यपि न्यूयोर्क नगर प्रशासन र टेलर स्विफ्टका प्रतिनिधिहरूले विवाहबारे औपचारिक रूपमा धेरै जानकारी सार्वजनिक गरेका छैनन्। यसले केही स्थानीय व्यवसायी र बासिन्दामा असन्तुष्टि बढाएको छ। उनीहरूका अनुसार यस्तो ठूलो निजी कार्यक्रमका कारण सार्वजनिक स्रोतसाधन प्रयोग हुने भएकाले शहरले पहिले नै स्पष्ट जानकारी दिनुपर्थ्यो।

एपीका अनुसार स्थानीय व्यवसायी माइकल ओ’ब्रायनले सडक बन्द हुँदा आफ्नो व्यापारमा असर पर्ने भन्दै विवाह आयोजकहरूले प्रभावित व्यवसायलाई क्षतिपूर्ति दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

यद्यपि धेरै प्रशंसक भने निकै उत्साहित देखिएका छन्। उनीहरूले टेलर स्विफ्टले आफ्नो जीवनसाथी भेटेर नयाँ जीवन सुरु गर्न लागेको क्षण प्रेरणादायी भएको बताएका छन्।

प्रतिक्रिया