
इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ हर्मुज जलडमरुमा जारी आफ्नो अवरोध हटाउने नयाँ प्रस्ताव अघि सारेको छ।
दुई क्षेत्रिय अधिकारीहरूका अनुसार, इरानले यसको बदलामा अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दी हटाउनुपर्ने र जारी युद्धको अन्त्य हुनुपर्ने सर्त राखेको छ।
इरानको यो प्रस्तावमा आफ्नो परमाणु कार्यक्रम जस्तो जटिल विषयमा भने पछि मात्रै छलफल गर्ने बताएको छ।
एपिका अनुसार यसको अर्थ अहिलेको प्राथमिकता व्यापारिक मार्ग सुचारु गर्ने र तत्कालको तनाव कम गर्ने हो।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रस्ताव स्वीकार गर्ने सम्भावना निकै कम देखिएको छ। हाल अमेरिका र इरानबीचको सम्बन्ध निकै संवेदनशील मोडमा छ।
अहिले लागू भइरहेको ‘युद्धविराम’ ले यी दुई देशलाई एउटा कमजोर स्थितिमा उभ्याएको छ, जहाँ कुनै पनि बेला फेरि तनाव बढ्न सक्छ ।
हर्मुज जलडमरु संसारभरको तेल र ग्यास ढुवानीका लागि सबैभन्दा महत्वपूर्ण समुद्री बाटो हो। यहाँ अवरोध हुँदा विश्वभर तेलको मूल्य बढ्ने र अर्थतन्त्रमा असर पर्ने डर हुन्छ।
अहिलेको लागि अमेरिका र इरान दुवै एकअर्कालाई पर्ख र हेरको स्थितिमा छन्।
प्रतिक्रिया