अमेरिकाद्वारा ३४ मिलियन डलरको ॲकिय मुद्रा रोक्का: इरानको आर्थिक बाटो बन्द गर्ने प्रयास

इनेप्लिज २०८३ वैशाख १२ गते १०:०० मा प्रकाशित

अमेरिकाका अर्थसचिव स्कट बेसेन्टले शुक्रबार अमेरिकाले इरानसँग सम्बन्धित करिब ३४ करोड ४० लाख डलर (३४४ मिलियन)बराबरको क्रिप्टोकरेन्सी ( अॅकिय मुद्रा)रोक्का गरेको घोषणा गरेका छन् ।

इरान सरकारले आफ्नो देश बाहिर पैसा पठाउन र आम्दानी गर्न नसकोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको हो। 

अमेरिकी अधिकारीहरूका अनुसार इरानले यो पैसा अवैध रूपमा आफ्नो अर्थतन्त्र चलाउन प्रयोग गरिरहेको थियो। 

अर्थसचिव बेसेन्टका अनुसार, अमेरिकाले ती सबै डिजिटल वालेटहरू ( अॅकिय पैसा राख्ने ठाउँ) मा प्रतिबन्ध लगाएको छ ।

“हामी इरानले देश बाहिर पठाउन खोजेको हरेक पैसाको खोजी गर्नेछौँ र उनीहरूको आर्थिक सहयोगका बाटाहरू बन्द गरिदिनेछौँ,” बेसेन्टले सामाजिक सञ्जालमा लेखेका छन्।

यसअघि पनि अमेरिकाले इरानको तेल व्यापारमा सहयोग गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएको थियो। 

सिविएसन्यूजका अनुसार अहिलेको यो ॲकिय मुद्रा( क्रिप्टोकरेन्सी )रोक्का गर्ने निर्णयले इरानलाई अन्तर्राष्ट्रिय स्तरमा आर्थिक कारोबार गर्न अझ कठिन बनाउने देखिन्छ।

तस्विर : कृतिम बुद्धिमत्ता

प्रतिक्रिया