इरानसँगको युद्ध रोक्न निर्णायक वार्ताको तयारी: उप-राष्ट्रपति जेडी भान्सको टोली आज पाकिस्तान प्रस्थान गर्दै

इनेप्लिज २०८३ वैशाख ८ गते ११:२२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अन्ततः वार्ताको टेबुलमा आउने विश्वास व्यक्त गरेका छन् । एक रेडियो अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले इरानसँगको सम्भावित वार्ताप्रति आत्मविश्वास देखाउँदै चेतावनीपूर्ण शैलीमा भने , “उनीहरूले वार्ता गर्नैपर्छ, र यदि गरेनन् भने उनीहरूले यस्तो समस्या भोग्नुपर्नेछ जुन पहिले कहिल्यै देखेका थिएनन्।”

राष्ट्रपतिले थपे , “आशा छ उनीहरूले एक न्यायोचित सम्झौता गर्नेछन् र आफ्नो देशलाई पुन: निर्माण गर्नेछन्। तर, त्यो अवस्थामा उनीहरूसँग कुनै पनि आणविक हतियार हुनेछैन।” सैन्य कदमको बचाउ गर्दै उनीसँग अन्य कुनै विकल्प नरहेको समेत ट्रम्पले स्पष्ट पारे ।

इरानसँगको युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्तामा सहभागी हुन अमेरिकी उप-राष्ट्रपति जेडी भान्स र उच्च अधिकारीहरूको टोली आज पाकिस्तान प्रस्थान गर्दैछ। भान्स यसअघि अमेरिका-इरानबीचको दुई हप्ते युद्धविराम र इजरायल-लेबनान युद्धविराममा समेत सक्रिय भूमिका निभाएका अनुभवी पात्र हुन्।

सिएनएनका अनुसार इरानी प्रतिनिधिहरूले अन्य अधिकारीको तुलनामा भान्ससँग संवाद गर्न रुचि देखाएको जनाएको छ । घरजग्गा व्यवसायी तथा ट्रम्पका पुराना मित्र स्टिभ विट्कफले यसअघि गाजा र युक्रेन युद्धका क्रममा समेत महत्वपूर्ण मध्यस्थता गरिसकेका छन्।

ट्रम्पका ज्वाइँ जेरेड कुश्नर तथा मध्यपूर्व मामिलाका अनुभवी मध्यस्थकर्ता कुश्नरले अरब नेताहरूसँगको गहिरो सम्बन्धका आधारमा यो वार्तामा सघाउनेछन्।

प्रतिक्रिया