अमेरिकाको लुजियाना राज्यमा स्तब्ध बनाउने एउटा कालो दिन: अमेरिकामा ८ निर्दोष बालबालिकाको बीभत्स हत्या

हाँसखेल गर्ने उमेरमै अस्ताए ८ कोपिला: आफ्नै बाबु बने कलिलो ज्यान लिने 'राक्षस'

इनेप्लिज २०८३ वैशाख ७ गते ११:०६ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यस्थित श्रीभपोर्ट शहरमा एउटा यस्तो घटना घटेको छ,सुन्ने जो कोहीको पनि मुटुको धड्कन अत्यधिक बढ्छ र कम्पन हुन्छ । आइतबार बिहान एक व्यक्तिले आफ्नै घरका ८ जना निर्दोष बालबालिकाहरूलाई गोली हानी हत्या गरेका छन्। ती बालबालिकाहरूको उमेर मात्र १ देखि १४ वर्षको बीचमा थियो।

कसरी भयो यो दुखद त्रासदी ?

बिहान करिब ६ बजे सिडर ग्रोभ टोलमा अचानक गोली चलेको आवाज सुनियो। प्रहरीका अनुसार शमार एल्किन्सनामका व्यक्तिले आफ्नै सन्तान र परिवारका अन्य सदस्यहरूमाथि अन्धाधुन्ध गोली बर्साएका थिए। ज्यान गुमाउनेमा ३ देखि ११ वर्षका ५ बालिका र ३ बालकहरू थिए।

प्रहरी अधिकारी क्रिस बोर्डेलनका अनुसार घटनास्थल निकै बीभत्स थियो। सातजना बालबालिका घरभित्रै मृत फेला परेका थिए भने एकजना बालकको शव घरको छतमा फेला परेको थियो। ती बालकले आफ्नो ज्यान जोगाउन पछाडिको छतबाट भाग्ने प्रयास गरेको देखिन्छ, तर उनी सफल हुन सकेनन्।

एबिसीन्यूजका अनुसार हत्या गरेपछि ती व्यक्ति गाडी चोरेर भाग्ने प्रयास गरेका थिए। प्रहरीले उनलाई पिछा गर्‍यो र अन्ततः प्रहरीको गोली लागेर उनको पनि मृत्यु भयो। उनी पहिले अमेरिकी सेनामा कार्यरत थिए भन्ने खुलेको एबिसीन्यूजले जनाएको छ ।

यस घटनाले अमेरिका मात्र होइन, संसारभरिका मानिसलाई स्तब्ध बनाएको छ। लुजियानाका गभर्नर जेफ ल्यान्ड्रीले भने , “हाम्रो मुटु टुक्रा-टुक्रा भएको छ। यो कल्पना गर्न पनि नसकिने भयानक स्थिति हो।” श्रीभपोर्टका प्रहरी प्रमुख वेन स्मिथले गहभरि आँसु पार्दै भने , “मसँग भन्नलाई शब्द नै छैन। यस्तो क्रूर घटना कसरी हुन सक्छ, म सोच्न पनि सक्दिनँ।”

मृतक बालबालिकाहरू जसले संसार देख्न बाँकी नै थियो उनीहरुमा क्रमस जेला (३ वर्ष), शैला (५ वर्ष), कायला (६ वर्ष), लैला (७ वर्ष), मरकायडन (१० वर्ष), सरैया (११ वर्ष), खेदरियन (६ वर्ष) र ब्रेलेन (५ वर्ष)का थिए ।

घर भनेको संसारकै सबैभन्दा सुरक्षित ठाउँ मानिन्छ। तर कहिलेकाहीँ मानिस मानसिक स्वास्थ्य या रिस र मानसिक तनावमा हुँदा कस्तो भयानक रूप लिन सक्छ भन्ने यो एउटा दुःखद उदाहरण हो। यस्तो खबर जीवन,मा कहिले सुन्नु नपरोस् ! मृत आत्माको चिर शान्तिको कामना !

प्रतिक्रिया